बुडोल सामुदायिक साकोसद्वारा पोष्ट कोभिड केयर सञ्चालन

0 Shares

काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका-६, बुडोलमा रहेको बुडोल सामुदायिक बचत तथा ऋण सहकारी संस्था लि.ले बनेपा हेल्थ केयर , बनेपासँगको सहकार्यमा पोष्ट कोभिड केयर सञ्चालनमा ल्याएको जनाएको छ । कोभिड संक्रमण मुक्त भई सकेपछि पनि टाउको दुख्ने , फोक्सोमा समस्या आउन सक्ने , श्वास फेर्न गाह्रो हुने , निन्द्रा नलाग्ने, थोरै हिड्दा पनि स्वाँस्वाँ हुने , रक्तचाप , डिप्रेसन जस्ता स्वास्थ्य समस्या आउन सक्ने सम्भावनालाई ध्यानमा राखेर यो सेवा सञ्चालन गरेको त्यसै संस्थाका व्यवस्थापक  विवेेेेेेकराज ठकूरीले बताउनुभयो । यो सेवा उपयोगको लागि स्वास्थ्य जाँच गर्न जाँदा हाम्रो यस संस्थाका शेयर सदस्यले आफ्नो परिचय-पत्र साथमा लिएर जानु पर्ने उहाँको भनाई छ ।

स्थानीय समुदायमा आधारित रहेर आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको उक्त संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको छ ।

 

 

 

Leave a Reply