आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि., लोहकिल्थली माता साकोस र बाराही बहुउद्देश्यीय सहकारी संस्था लि. बिहीबार र आइतबार सञ्चालन हुने

0 Shares

आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.को काठमाडौंको टंकेश्वरमा रहेको केन्द्रीय कार्यालय र महाबौद्धमा रहेको सदस्य सुबिधा केन्द्र अर्को सूचना जारी नभएसम्म यही असार ३ गते बिहीबारदेखि आइतबार र बिहीबार गरी हप्ताको २ दिन बिहान‌ १० बजेदेखि अपरान्ह ५ बजेसम्म सञ्चालन हुने सो संस्थाले जनाएको छ । उक्त समयमा त्यस संस्थामा सिमित कारोवार मात्रै हुने जनाइएको छ ।

 

यसैगरी भक्तपुरको मध्यपुर थिमि नगरपालिका-१ , लोहकिल्थलीमा रहेको लोहकिल्थली माता बचत तथा ऋण सहकारी संस्था लि.को कार्यालय पनिि  अर्को सूचना जारी नभएसम्म बिहीबार र आइतबार गरी हप्ताको २ दिन बिहान १० बजेदेखि दिउसो १ बजेसम्म सञ्चालन हुने त्यसै संस्थाका प्रबन्धक करन द्वारेको भनाई छ ।

यस्तैगरी काठमाडौंको कोटेश्वरमा रहेको बाराही बहुउद्देश्यीय सहकारी संस्था लि.को कार्यालय   पनि अर्को सूचना जारी नभएसम्म बिहीबार र आइतबार गरी हप्ताको २ दिन बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म सञ्चालन हुने उक्त संस्थाका कार्यकारी अध्यक्ष जीवनकुमार राईले बताउनु भएको छ ।

Leave a Reply