राष्ट्रिय सहकारी बैंकले आफ्ना संस्थापक तथा पूर्व अध्यक्ष जोशीको निधन भएको १३औं दिनमा श्रद्धाञ्जलि कार्यक्रम गर्ने
राष्ट्रिय सहकारी बैंक लि.ले.आफ्ना पूूूूूर्व अध्यक्ष तथा वरिष्ठ सहकारी अभियान्ता राजेशहरि जोशीको निधनप्रति शोक प्रकट गरेको छ । उक्त बैंकका अध्यक्ष के.बी. उप्रेतीले उहाँको निधनप्रति शोक व्यक्त गर्नु भएको छ । उहाँले राष्ट्रिय सहकारी बैंक लि.का संस्थापक तथा पूर्व अध्यक्ष राजेशहरि जोशीको असामयिक दु:खद निधनले सहकारी क्षेत्र लगायतमा अपुरणीय क्षति पुगेको बताउदै शोकाकुल सबैमा गहिरो समवेदना व्यक्त गर्नु भएको छ ।
राष्ट्रिय सहकारी बैंक लि.ले आफ्ना संस्थापक तथा पूर्व अध्यक्ष जोशीको निधन भएको १३औं दिनमा श्रद्धाञ्जलि कार्यक्रम गर्ने योजना तय गरेको सोही बैंकका सञ्चालक रामहरि बजगाईले सहकारी सञ्जाललाई बताउनुभयो । जोशीको यही जेठ ३० गते साँझ ६४ वर्षको उमेरमा निधन भएको थियो । जोशीको निधन प्रति उहाँ अध्यक्ष रहेको ललितपुरको गा:बहाल , प्याङ्गथा स्थित नेशनल डेभलपमेण्ट को -अपरेटिभ सोसाइटी लि. र हेटौंडा स्थित मकवानपुर बचत तथा ऋण सहकारी संस्था लि.ले शोक प्रकट गरिरहेका छन् । त्यसेगरी उहाँ सह-अध्यक्ष रहेको नेशनल को-अपरेटर्स एलायन्स, नेपालले पनि उहाँको निधनप्रति शोक व्यक्त गरेको छ ।
