क्विक साकोस , कोटेश्वरले कर्जाको निशेधाज्ञा अवधिको व्याजमा छुट दिने

0 Shares

काठमाडौं महानगरपालिका-३२, कोटेश्वरमा रहेको क्विक बचत तथा ऋण सहकारी संस्था लि.,ले २०७८ असार मसान्तसम्ममा तिर्नु पर्ने ऋणको सावाँ र व्याज नियमित रुपमा तिर्ने शेयर सदस्यलाई २०७८ बैशाख १६ गतेदेखि  २०७८ असार मसान्तसम्मको कर्जाको कूल व्याजदरमा १० प्रतिशत छुट दिने भएको छ । सो संस्थाका कार्यकारी प्रमुख आस्लाम लिम्बुले उक्त जानकारी दिदै बाँकी व्याज मात्र भुक्तानी गरेमा त्यस अवधिको व्याजमा ७ प्रतिशत र ऋण रकमको किस्ता नियमित रुपमा नबुझाउने शेयर सदस्यलाई उक्त अवधिको व्याजदरमा ५ प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो । उहाँले ‘हाम्रो यस संस्थाले कर्जाको त्यस अबधिको हर्जाना मिनाह गर्नुका साथै २०७८ बैशाख १६ देखि असार मसान्तभित्र म्याद सकिएको कर्जाको नवीकरण गर्दा नवीकरण शुल्क आपसी समझदारीमा तय गरिने छ’ भन्नुभयो ।

कोरोना भाइरस सक्रमण नियन्त्रण गर्न भन्दै स्थानीय प्रशासनले जारी गरेको निशैधाज्ञाकै बीच त्यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय प्रहरी प्रभाग , कोटेश्वर , काठमाडौ तथा ललितपुरको लुभू र च्यासलमा रहेका प्रहरी कार्यालयलाई माक्स , सेनिटाइजर लगायतका स्वास्थ्य सामाग्री सहयोग गरेको थियो ।

 

Leave a Reply