नागरिक विकास साकोसद्वारा स्वास्थ्य सामाग्री वितरण , त्यस संस्थाले निशेधाज्ञा शुरु भए यताको साँढे २ महिनाको कर्जाको व्याज छुट गर्ने

0 Shares

भक्तपुरको कौसलटारमा आफ्नै भवनमा मुख्य कार्यालय तथा ललितपुरको इमाडोलस्थित रातामकै चोकमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको नागरिक विकास बचत तथा ऋण सहकारी संस्था लि.ले ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.१ को वडा कार्यालय , सोही स्थानमा रहेको प्रहरी कार्यालय र स्वास्थ्य चौकीमा सेनिटाइजर र माक्स वितरण गरेको छ । सोही संस्थाका प्रबन्ध निर्देशक मनप्रसाद राईको नेतृत्वमा गएको उक्त संस्थाको टोलीले  आज सो माक्स र सेनिटाइजर वितरण गरेको जनाइएको छ ।

यसैगरी त्यस संस्थाले २०७८ असार मसान्तसम्ममा तिर्नु पर्ने कर्जाको सावाँ र व्याज नियमित रुपमा तिर्ने शेयर सदस्यलाई २०७८ बैशाख १६ गतेदेखि २०७८ असार ३१ गते सम्मको कर्जाको कूल व्याजदरमा १० प्रतिशत छुट दिने जनाएको छ । सोही संस्थाका प्रबन्ध निर्देशक मनप्रसाद राईले सो जानकारी दिदै बाँकी व्याज मात्र भुक्तानी गरेमा त्यस अवधिको व्याजमा ७ प्रतिशत र ऋण रकमको किस्ता नियमित रुपमा नबुझाउने शेयर सदस्यलाई उक्त अवधिको व्याजदरमा ५ प्रतिशत छुट दिने निर्णय गरिएको बताउनुभयो । उहाँले ‘हाम्रो यस संस्थाले कर्जाको त्यस अबधिको हर्जाना मिनाह गर्नुका साथै २०७८ बैशाख १६ देखि असार मसान्तभित्र म्याद सकिएको कर्जाको नवीकरण गर्दा नवीकरण शुल्क तय आपसी समझदारीमा गरिने छ’ भन्नुभयो ।

Leave a Reply