तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि. र बानियाखर्क साकोसले निशेधाज्ञाको समयको हर्जना छुट सहित कर्जाको व्याजमामा छुट दिदै
काठमाडौंको नैकापमा आफ्नै भवनमा प्रधान कार्यालय र कलंकीमा सदस्य सेवाकेन्द्र र नैकापमै लघुवित्त सञ्चालन गरिरहेको तपाई हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लि.ले निशेधाज्ञा अवधिको हर्जाना छुट र कर्जाको व्याजमा १५ देखि ७ प्रतिशत छुट दिने जनाएको छ ।
सो संंस्थाले आफ्ना शेयर सदस्यहरुले तिर्नु पर्ने रकम यही असार १० गते भित्र भुक्तानी गरेमा १५ प्रतिशत , यही असार १५ गतेभित्र भुक्तानी गरेमा १२ प्रतिशत , यही असार २० गते भित्र भुक्तानी गरेमा १० प्रतिशत र यही असार २५ गते भित्र भुक्तानी गरेमा ७ प्रतिशत छुट व्याजमा दिने निर्णय भएको सोही संस्थाका अध्यक्ष मनोजकुमार थापा मगरको भनाई छ । निशेधाज्ञाको समयमा उक्त संस्थाले आइतबार र बुधबार गरी हप्ताको २ दिन बिहान १०:०० बजेदेखि दिउसो १:०० बजेसम्म कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको छ ।
बानियाखर्क साकोसले पनि साँढे २ महिनाको कर्जाको व्याजमा १० प्रतिशत छुट दिने
काठमाडौं महानगरपालिका-३१, शान्तिनगर ,ॐ शान्तिचोकको रहेको बानियाखर्क बचत तथा ऋण सहकारी संस्था लि. लेे पनि निशेधाज्ञा शुरु भएको २०७८ बैशाख १६ गतेेेेेेदेखि असार मसान्तभित्रको हर्जाना छुट सहित सो अवधिको कर्जाको व्याजमा १० प्रतिशत छुट दिने जनाएको छ । त्यस संस्थामा भुक्तानी गर्नु पर्ने रकम यही असार २१ गतेसम्ममा भुक्तानी गर्ने ऋणी सदस्यले उक्त सुबिधा प्राप्त गर्न सक्ने जनाइएको छ ।

