नमस्ते साकोस , सितापाखा धुपीमार्ग उपभोक्ता समिति र लायन्स क्लव अफ काठमाडौं महिमाको आयोजनामा बृहत सरसफाई तथा बोटबिरुवा गोडमेल कार्यक्रम सम्पन्न

0 Shares

ललितपुरको महालक्ष्मी नगरपालिका-१, इमाडोलमा रहेको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि., सोही नगरपालिका-४, सितापाखा  धुपी मार्ग उपभोक्ता समिति र लायन्स क्लव अफ काठमाडौं महिमाको संयुक्त आयोजनामा महालक्ष्मी नगरपालिका-४, सितापाखामा आज बृहत सरसफाई तथा बोटबिरुवा गोडमेल कार्यक्रम सम्पन्न भएको छ । सो सरसफाई कार्यक्रम अन्तर्गत ३ टन जति फोहोर व्यवस्थापन गरिएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.का व्यवस्थापक निलाम्बर थापाले बताउनु भएको छ । सरसफााईसँगै त्यस क्षेत्रको सडकको दाया बाया कूलो मर्मत र गत जेठ ३१ गते हाम्रो यस संस्थाको आर्थिक सौजन्य सहित स्थानीयबासीहरुको समेत सहभागितामा त्यसै स्थानमा  गरिएको बृक्षारोपण कार्यक्रम अन्तर्गत रोपिएका विरुवा गोडमेल गरिएको उहाँको भनाई छ । स्थानीयबासीहरुको समेत सहभागी रहेको त्यस कार्यक्रममा २३ जनाको सहभागिता रहेको थियो । कार्यक्रममा सहभागी हुन पाउदा एकदमै खुशी लागेको लायन्स क्लव अफ काठमाडौं महिमाका प्रतिनिधि लगायतका सहभागीहरूले बताउनुभयो । उक्त क्षेत्रमा प्रत्येक महिनाको अन्तिम शनिबार बिहान बृक्षारोपण कार्यक्रम गर्ने योजना तय भएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष रामकेशर विष्टको कथन छ । अध्यक्ष विष्टले ‘सामाजिक उत्तरदायित्व अन्तर्गत हरियाली प्रवर्द्धन र स्वच्छ वातावरण निर्माण गर्ने उद्देश्यले यो कार्यक्रम गरिएको हो’, भन्नुभयो ।

कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न भन्दै स्थानीय पृरशासनले २०७८ बैशाख १६ गतेदेखि जारी गरेको निशेधाज्ञाको समयमा प्रविधि  र सम्पर्क व्यक्ति मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्दै आएको नमस्ते बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार १ गतेदेखि बिहान ११:०० बजेदेखि दिउसो २ बजेसम्म कार्यालय सञ्चालन गर्दै आएको जनाएको छ ‌‌।

Leave a Reply