ब्लोदान , चन्द्रागिरि नगर समितिको आह्वान तथा बलम्बु च्याउ सहकारी संस्था र फेण्ड्स क्लवको आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

काठमाडौं बलम्बुमा रहेको बलम्बु च्याउ सहकारी संस्था लि. र फ्रेण्ड्स क्लव , बलम्बुको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी , रक्त सञ्चार केन्द्र भक्तपुरको प्राविधिक सहयोगमा यही असार ६ गते बलम्बुमा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भयो । ब्लोदान , चन्द्रागिरि नगर समितिको आह्वानमा सम्पन्न सो रक्तदान कार्यक्रममा ४२ जना रक्तदाताहरुले रक्तदान गरेका थिए ।

उक्त अवसरमा रक्तदाताहरुलाई प्रमाण-पत्र प्रदान गरिएको थियो । कार्यक्रममा ब्लोदानमा आबद्ध व्यक्तित्वहरु लगायतको उपस्थिति रहेको थियो ।

अस्पतालहरुमा उपचाररत कोरोना भाइरस संक्रमित लगायतका विरामीहरुको रगत अभाव भएर ज्यान जाने अवस्था आउन नदिन सहयोग गर्ने उद्देश्यले यो रक्तदान कार्यक्रम आयोजना गरिएको बलम्बु च्याउ सहकारी संस्था लि.का अध्यक्ष अमर सिंहको भनाई छ ।

 

Leave a Reply