प्रदेश नं १ मा थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ दर्ता

0 Shares

राष्ट्रिय सहकारी महासंघ लि.द्धारा प्रर्वद्धित थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ प्रदेश नं.१ मा दर्ता भएको छ ।  प्रदेशमा दर्ता हुने यो पहिलो विशिष्टीकृत संघ हो । 

हिजो सो संघ दर्ताको प्रमाण-पत्र हस्तान्तरण कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै राष्ट्रिय सहकारी महासंघ लि.का उपाध्यक्ष रमेशप्रसाद पोखरेलले उपभोक्तालाई दैनिक आवश्यकताका बस्तुको सहज आपूर्ति एवं गुणस्तरीयताको अभावको बर्तमान समयमा निजी क्षेत्रको एकाधिकार रहेको बजार व्यवस्थापनमा सहकारी क्षेत्र विशिष्टीकृत संघका माध्यमबाट प्रवेश गरेको बताउनुभयो । उहाँले सहकारीको प्राथमिकता दिगो उत्पादन र उपभोगमा जोड दिंदै दैनिक आवश्यकताका बस्तुहरु सहज र सर्वसुलभ मूल्यमा आमउपभोक्तामा पु-याउन सहकारी क्षेत्रले महत्वपूर्ण भूमिका खेल्न सक्ने विचार व्यक्त गर्नुभयो । सो कार्यक्रममा आफ्नो विचार व्यक्त गर्दै प्रदेश नं. , सहकारी बिभागका रजिष्ट्रार बलराम निरौलाले निजी व्यवसायीसँगको प्रतिस्पर्धालाई सहकारी क्षेत्रमा विशिष्टीकृत संघले गतिलो सहारा दिने विश्वास व्यक्त गर्नुभयो । उक्त विशिष्टीकृत संघका अध्यक्ष महेन्द्र गिरीले तीन महिना भित्रमा प्रदेश नं. १ मा सहकारीमार्फत दैनिक आवश्यकताका वस्तुहरु उपभोक्ता बीच सहज र सुपथ मूल्यमा पु-याउने प्रतिबद्धता व्यक्त गर्नुभयो । राष्ट्रिय सहकारी महासंघका सञ्चालक शिवकुमार डाँगीले सञ्चालन गर्नु भएको त्यस कार्यक्रममा सोही महासंघका सञ्चालक गणेश ढकाल एवं लेखा सुपरिवेक्षण समितिका सदस्य सोमवहादुर श्रेष्ठ सहित विशिष्टीकृत सहकारी संघका सञ्चालक समितिका सदस्यहरुको उपस्थिति रहेको थियो । प्रदेश नं. १ का ३१ वटा बिभिन्न सहकारी संस्थाहरुबाट रु.१ करोड ८ लाख शेयर पूँजी संकलन गरी उक्त संघ दर्ता भएको छ ।

नेपाल सरकारको आर्थिक वर्ष २०७७/०७८ को बजेट बक्तव्यमा उल्लेखित सवै प्रकारका उत्पादन, संकलन, भण्डारण र वितरणसम्मका श्रृखला विकास गर्न र सहकारी पसललाई थोक मूल्यमा आवश्यक वस्तु उपलव्ध गराउन प्रत्येक प्रदेशमा सहकारी संस्थाकै शेयर लगानीमा थोक उपभोक्ता सहकारी स्थापना गर्ने नीति अनुरुप महासंघको थोक उपभोक्ता विशिष्टीकृत सहकारी संघ प्रवर्द्धन कार्यक्रम अन्तर्गत उक्त विशिष्टीकृत सहकारी संघ गठन भएको हो । यस अघि सो महासंघले सबै प्रदेशमा थोक उपभोक्ता विशिष्टीकृत संघ स्थापनार्थ सम्भाव्यता अध्ययन एवं संघको नमुना विनियम र सञ्चालन कार्यविधि तर्जुमा गर्नुका साथै संघ स्थापनार्थ बागमती प्रदेश, सुदूरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश र प्रदेश नं. १ मा सहकारी संघ /संस्थाका बीच अन्तर्किया कार्यक्रमको आयोजना गरिसकेको छ ।

(NCF Nepal बाट)

………………………………………………………………

Leave a Reply