कश्मीरा साकोसले निशेधाज्ञा अवधिको २ महिनाको व्याज छुट गर्ने

काठमाडौं महानगरपालिका-३२, बागबजारमा रहेको कश्मीरा बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना संक्रमणका कारण जारी गरिएको निशेधाज्ञा शुरु भएको २०७८ बैशाख १६ देखि असार १६ गतेसम्मको २ महिनाको कर्जाको व्याजमा ५ देखि १५, प्रतिशतसम्म छुट दिने भएको छ । जस अन्तर्गत शेयर सदस्यले तिर्नु पर्ने रकम यही असार १५ गतेसम्म भुक्तानी गरेमा १५ प्रतिशत , यही असार १६ देखि २५ गतेसम्म भुक्तानी गरेमा १० प्रतिशत र यही २६ गतेदेखि ३० गतेसम्म भुक्तानी गरेमा ५ प्रतिशत व्याजमा छुट गर्ने उक्त संस्थाका कार्यकारी प्रमुख जयराम तिमिल्सिनाले बताउनु भएको छ । उहाँले २ महिनासम्म भाका नाघेका सदस्यले ऋणको नवीकरण गर्दा समेत विशेष सहुलियत प्रदान गरिने छ’ भन्नुभयो ।
यही असार ८ गतेबाट नियमित रुपमा बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म कार्यालय सञ्चालन गरी सेवा प्रवाह गरिरहेको त्यस संस्थाले निशेधाज्ञाको समयमा समेत आंशिक रुपमा कार्यालय सञ्चालन गर्नुका साथै बैकल्पिक विधिबाट आफ्ना शेयर सदस्यहरुलाई स्वास्थ्य मापदण्ड पालना गरी सेवा प्रवाह गरेको थियो ।