१० देखि १५ प्रतिशतसम्म व्याज छुट दिदै आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि.

0 Shares

काठमाडौंको टंकेश्वर कालीमाटीमा मुख्य कार्यालय र महाबौद्धमा सदस सेवाकेन्द्र रहेको आश्रय बहुउद्देश्यीय सहकारी संस्था लि. ले कोभिड-१९ नियन्त्रणको लागि भन्दै स्धानीय प्रशासनले जारी गरेको निशेधाज्ञाका कारण व्यापार व्यवसाय प्रभावित भएको ठहर गर्दै शेयर सदस्यहरुले भुक्तानी गर्नु पर्ने ऋणको व्याजमा १० देखि १५ प्रतिशतसम्म छुट दिने भएको छ ‌। जस अन्तर्गत यही असार १५ गतेसम्ममा असार मसान्तसम्मको व्याज चुक्ता गरेमा लागेको व्याजमा १५ प्रतिवत र यही असार २८ गतेसम्ममा असार मसान्तको व्याज चुक्ता गरेमा लागेको व्याजमा १० प्रतिशत छुट दिने तथा सो अनुसार भएमा २०७८ श्रावण १ गतेदेखि नवीकरणमा ०.५ प्रतिशत मात्र शुल्क लाग्ने जनाइएको छ ।

यही असार ८ गतेबाट नियमित रुपमा उक्त संस्थाको मुख्य कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म र सदस्य सेवाकेन्द्र अर्को सूचना जारी नभएसम्म यही असार ९ गतेबाट बिहान ११ बजेदेखि अपरान्ह ३ बजेसम्म पुन: नियमित रुपमा सञ्चालन हुन थालेको बताइएको छ ।

Leave a Reply