भक्तपुर जिल्ला बचत संघको केन्द्रीय कार्यालय असार १९ गतेदेखि आफ्नै भवनबाट सञ्चालन हुने

0 Shares

भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि. को केन्द्रीय कार्यालय यही असार १९ गतेदेखि आफ्नै भवनबाट सञ्चालन हुने भएको छ ।  सो संघले भक्तपुरको सूर्यविनायकमा आफ्नै भवन निर्माण गरेको छ । ‘यस अगाडि नै हाम्रो यस संघको केन्द्रीय कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्ने योजना थियो तर कोरोना महामारीले गर्दा त्यो योजना कार्यान्वयनमा समस्या आएपनि यही असार १९ गतेदेखि भने हाम्रो यो संघको केन्द्रीय कार्यालय आफ्नै भवनबाट सञ्चालन हुनेछ ‘ त्यसै संघका व्यवस्थापक बालकृष्ण धोजुको भनाई छ । भक्तपुरको थिमीमा सदस्य सेवाकेन्द्र सञ्चालन गरिरहेको त्यस संघको रु.१ अर्ब ६७ करोड कारोवार र २ सय सदस्य रहेको व्यवस्थापक धोजुको कधन छ ।

Leave a Reply