गाम्चा साकोसद्वारा पुन: घरदैलो सेवा शुरु , थानकोट महिला जागरण साकोसले व्याजमा छुट दिने

भक्तपुरको सूर्यविनायक नगरपालिका-४ , गाम्चाचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको गाम्चा बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार ९ गतेदेखि पुन: घरदैलो सेवा शुरु गरेको उक्त संस्थाका सचिव विदुर खड्काको भनाई छ । यही असार १ गतेबाट सो संस्थाको कार्यालय बिहान ७ बजेदेखि अपरान्ह ४ बजेसम्म पुन: नियमित सञ्चालन भएपनि घरदैलो सेवा भने निशेधाज्ञा जारी भएयता बन्द गरिएको थियो ।
यता काठमाडौंको चन्द्रागिरि नगरपालिका-३, थानकोटमा रहेको थानकोट महिला जागरण बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार मसान्तसम्म ऋण भुक्तानी गरेमा निशेधाज्ञा अवधिभरीको जरिवाना छुट गर्ने जनाएको छ । सो संस्थाले यही असार २० गतेसम्म कर्जा बुझाउने शेयर सदस्यलाई १० प्रतिशत र यही असार ३१ गतेसम्म कर्जा बुझाउने शेयर सदस्यलाई ५ प्रतिशत व्याज छुट दिने निर्णय गरेको सोही संस्थाकी व्यवस्थापक विपना महर्जनले बताउनु भएको छ ।