मन्त्री पाण्डेद्वारा कृष्णनगरमा बिन सड़कको पुल उद्धघाटन

0 Shares

शहबाज खान/कपिलवस्तु

लुम्विनी प्रदेशका भाैतिक याेजना तथा पूर्वाधार मन्त्री सन्ताेष पाण्डेयले कपिलबस्तुको कृष्णनगरमा बिन सडकको पुल उद्घाटन गर्नु भएको छ ।

कृष्णनगर नगरपालिका वडा नं. १ मा पर्ने घाेरही नदीमा उक्त नगरपालिकाले सो पुल निर्माण गरेको हो । आर्थिक बर्ष ०७६/७७ मा बजेट विनियाेजन गरी उक्त नगरपालिकाकाे छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजारसँग जाेड्ने उद्देश्यले उक्त पुल निर्माण गरिएको थियो।

पुल निर्माण भएपछि स्थानीयबासी बीच खुशीको माहोल छाएको छ तर त्यो पुलसम्म पुग्ने सडक नहुँदा खुशी सँगै उनीहरुमा चिन्ता पनि छाएको छ । गाउँलाई जोड़ने सड़क नभएकोले यो पुलसम्म कसरी पुग्ने भनी स्थानीयहरुले प्रश्न गरेका छन। उनीहरु भन्छन् ‘जसरी नगर प्रमुख रजत प्रताप शाहले हाम्रो समस्या बुझी पुल निर्माण गर्नु भएछ , त्यस्तै गरी पुलबाट गाउँसम्म जोड़ने सड़क निर्माण भए सह्रानीय हुने थियो।’

यता उक्त पुल उद्धघाटन कार्यक्रममा मन्त्री पाण्डेयले याे पुल निर्माण कृष्णनगर नगरपालिकाले गरेकाे छ , अब बाटाे म आफूले बनाई दिन्छु भनी प्रतिवद्धता गर्नुभयो ।

Leave a Reply