संस्था एकिकरण गर्ने तयारी गर्दैछौ

0 Shares

 

ब्यवस्थापक-   अम्बिका काफ्ले, माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि.

नेपालगंज उपमहानगरपालिका वडा नम्बर २ मा रहेको यस माता बागेश्वरी बचत तथा ऋण सहकारी संस्था लि. २०६८ सालमा दर्ता भई स्थापना भएको हो । लगडाउनको समयमा सदस्यहरुलाई घरमै पुगेर सेवा प्रवाह गरिएको सो संस्थाले सहकारी सञ्जाललाई जानकारी गराएको छ ।
सो संस्थाका २ जना सदस्यको कोरोना पोजेटिभ बाट मृत्युु हुनुभएको थियो । कोभिडको माहामारीमा सामाजिक दुरी कायम गरेर ऋण प्रवाह गरेको उक्त संस्थाले आफ्ना सदस्यहरुलाई पाकेको ब्याजमा १०% छुट र हर्जना समेत सबै छुट गरिएको थिया । कोभिडको कारणले समस्यामा परेका सदस्यहरुलाई असार २५ गते सम्म ऋण तिर्न आउने सदस्यहरुलाई ५ प्रतिशत छुट गरिएको थियो भने विपन्न वर्गका लक्षित सदस्यहरुलाई राहत खाद्यान्न वितरण पनि गरीएको जानकारी गराईएको छ ।
त्यसका साथै सदस्य राहत कोषबाट मृत्युु भएका सदस्यलाई रु १०००० (दश हजार)का दरले भुक्तानी पनि गरेका छौ र प्रति सदस्य रु १००००
दश हजार दिने गरेको छ साथै आगामी दिनमा संस्थाले गुणस्तरीय सेवा दिने नयाँ प्रविधिको अवलम्बन गर्ने सेवा सुविधालाई निरन्तरता दिदै जाने र आगामी महिना देखि रेमिट्यान्सको सुविधा पनि सुचारू गर्ने छौ र १ ओटा नयाँ संस्थासग एकीकरण गर्ने तयारीमा रहेका छौ र नेफ्स्कुनबाट आयोजित प्रोबेशन ब्रान्डको कार्यक्रममा समेत आवद्ध रहेका छौ आगामी दिनमा कार्यक्षेत्र विस्तार गर्ने योजना रहेको र सदस्यहरुलाई प्रभावकारी सेवा दिने र आवश्यक समय अनुसारको प्रविधिको प्रयोग गरिने र यस संस्थाको कार्यक्षेत्र नेपालगंज उपमहानगरपालिका १ देखि २३ ओटा वडा सम्म रहेको सोहि संस्थाकी ब्यवस्थापक अम्बिका काफ्लेले सहकारी सन्जाललाई बताउनु भयो
संस्थाको २०७८ असार मसान्तसम्म सेयर पुजी– ७५ लाख ७५ हजार रहेको छ, बचत संकलन– ४ करोड ८० लाख ५ हजार ११ रुपैयाँ रहेको छ ऋण लगानी–४ करोड ९५ लाख ४ हजार ४ सय ९०, कुल कारोबार– ६ करोड ६५ लाख ६३ हजार ८ सय ९३ रहेको र सदस्य संस्ख्या– ५०८७ पुगेको जानकारी गराईएको छ ।

Leave a Reply