१० प्रतिशतसम्म व्याज छुट गर्दै सिवाईसी साकोस , लुम्बिनी साकोसले ७ प्रतिशत व्याज छुट गर्ने

बागलुङ बजारमा प्रधान कार्यालय रहेको सिवाईसी बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार २५ गतेसम्म नियमित रुपमा कर्जाको किस्ता र व्याज बुझाउने शेयर सदस्यलाई पाकेको व्याजमा १० प्रतिशत छुट दिने भएको छ । यही असार २५ गतेभित्र भुक्तानी गरेमा सो संस्थाले भाका नाघेका ऋणको किस्ता कटेका सबै सावाँ तथा व्याज बुझाउँदा हर्जानामा ५० प्रतिशत छुटको व्यवस्था गरेको , व्याज र हर्जाना मात्रै भुक्तानी गर्ने सदस्यलाई हर्जानामा २५ प्रतिशत छुटको व्यवस्था गरेको र २०७८ बैशाख १ गते पछि हालसम्म किस्ताको मिति परेको तर लकडाउनका कारण भुक्तानी हुन नसकेका ऋणमा हर्जना नलाग्ने जनाएको छ ।
उता बुटवलको राममन्दिर लाइनमा प्रधान कार्यालय रहेको लुम्बिनी बचत तथा ऋण सहकारी संस्था लि.ले कोरोना महामारीका कारण आफ्ना शेयर सदस्यहरुलाई पर्न गएको आर्थिक समस्यालाई मध्यनजर गरी यही असार मसान्त भित्र बुझाएको ऋणको व्याजमा ७ प्रतिशत छुट दिने जनाएको छ ।