नेचुरल साकोसद्वारा ‘ नेचुरल स्मार्ट एप’ मार्फत रेमिट्यान्स सेवा शुरु

0 Shares

९९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारी काठमाडौंको गोकर्णेश्वर नगरपालिका-६, जोरपाटीमा मुख्य कार्यालय रहेको नेचुरल बचत तथा ऋण सहकारी संस्था लि.ले यही असार १९ गतेदेखि ‘नेचुरल स्मार्ट एप‘  मार्फत रेमिट्यान्स सेवा सञ्चालन शुरु गरेको जनाएको छ । ई-सेवा(e-sewa)सँगको सहकार्यमा शुरु भएको उक्त सेवा अन्तर्गत सो संस्थाका शेयर सदस्यहरुले सो एपबाट स्वदेश वा विदेशबाट आफूलाई पठाइएको रकम सजिलै आफ्नो खातामा प्राप्त गर्न सक्नेछन् भने मोवाइल बैंकिङ्गबाट नेपालभर रकम पठाउन सक्ने व्यवस्था गरिएकै त्यसै संस्थाका कार्यकारी प्रमुख विकल्प पाठकको भनाई छ । उक्त संस्थाका शेयर सदस्यहरुले त्यसै एप मार्फत आफ्नो खातामा भएको रकम ई-सेवाका काउण्टरहरुबाट समेत प्राप्त गर्न सक्ने गरी पठाउन सक्ने व्यवस्था गरिएको जनाइएको छ ।

नगदरहित डिजिटल कारोवारलाई विशेष जोड दिदै आएको त्यस संस्थाले स्थापना भएको छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको देखिएको छ ‌‌।

Leave a Reply