सहकारी व्यवसायको प्रबर्द्धनमा बाधक ४७ वटा ऐन सहकारीमैत्री बनाउन भूमिका खेल्ने छु : मन्त्री श्रेष्ठ
राष्ट्रिय सहकारी महासंघ लि.,नेपालले प्रविधिको सहयोगमा कार्यक्रमको आयोजना गरी शनिवार ९९औं आन्तर्राष्ट्रिय सहकारी दिवस मनाएको छ । सो कार्यक्रमको प्रमुख आतिथ्यता ग्रहण गर्दै भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री लीलानाथ श्रेष्ठले गरिबी निवारण, महिला सशक्तिकरण र रोजगारी सिर्जनामा सहकारीको योगदान महत्वपूर्ण रहेको बताउनुभयो । उहाँले सहकारीको विकास र प्रवर्द्धनमा अवरोध गर्ने कानुन संशोधन गर्ने विषयमा आफ्नो प्राथमिकता रहने बताउदै ।सहकारी व्यवसायलाई बाधा पु-याउने ४७ वटा ऐनहरु सहकारीमैत्री बनाउन आफ्नो तहबाट भूमिका खेल्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । ‘राज्यले सहकारीलाई काम गर्ने वातावरण दिने हो, त्यसमा हामी लाग्नेछौं र राज्यलाई आवश्यक सहयोग सहकारीबाट निरन्तर प्राप्त हुने अपेक्षा गरिएको छ’, उहाँको भनाई छ ।
सो अवसरमा भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेले ग्रामीण क्षेत्रमा अझै सहकारी विस्तार आवश्यक रहेको बताउँदै सहकारी धेरै भएको ठाउँमा एकीकरण र नपुगेको ग्रामीण क्षेत्रमा सहकारी संस्था विस्तार गर्नुपर्ने खाँचो औंल्याउनुभयो ।
गरिबी न्यूनिकरणमा सहकारीको योगदानको प्रशंसा गर्दै सचिव पाण्डेले ग्रामीण क्षेत्रमा सहकारी अभियान व्यवसायिक बन्नु पर्नेमा जोड दिनुभयो ।
सहकारीले राम्रा काम गर्दागर्दै पनि केही कमजोरीहरु पनि रहेको बताउँदै सचिव पाण्डेले सहकारीहरुले गरेको कमजोरीको रिर्पोट मन्त्रालयसम्म आउने गरेको बताउनुभयो । उहाँले जुनसुकै सहकारीले गरेको असल अभ्यास अन्य सहकारीहरुले पनि अनुशरण गर्नुपर्नेमा जोड दिनुभयो ।
राष्ट्रिय सहकारी महासंघ लि.,नेपालका अध्यक्ष मिनराज कँडेलको
अध्यक्षतामा सम्पन्न सो समारोहमा महासंघका नि:र्वमान अध्यक्ष एवं पूर्वमन्त्री केशवप्रसाद बडाल, अन्तर्राष्ट्रिय सहकारी महासंघ , ग्लोबल बोर्ड सदस्य तथा राष्ट्रिय सहकारी महासंघ लि.की वरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल, सोही महासंघका उपाध्यक्ष रमेशप्रसाद पोखरेल लगायतका सहकारी अभियानका अग्रणी व्यक्तित्वहरुले आ–आफ्नो मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा उद्योग वाण्ज्यि तथा आपुर्ति मन्त्रालयकी सह- सचिव चन्द्रकला पौडेलले पुननिर्माणमा संयुक्त पहल भन्ने विषयमा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो । उक्त महासंघकी महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बाले कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्नुभएको थियो । जुलाईको पहिलो शनिवार विश्वभरी नै विभिन्न कार्यक्रम गरी अन्तर्राष्ट्रिय सहकारी दिवस मनाउने गरिएको छ । कोरोना महामारीबाट पुर्नउत्थान गर्नका लागि सहकारीको भूमिका र योगदानको विषयलाई महत्व दिदै यस बर्षको अन्तर्राष्ट्रिय सहकारी दिवस मनाइएको हो ।
https://m.facebook.com/story.php?story_fbid=505453297399753&id=100024447011544

(NCF Nepal बाट)
