लेटाङका मोरङ साकोस र देउराली महिला साकोस एकीकरणका बाँकी कार्य टुङ्ग्याउदै

0 Shares

यही असार १७ गते १ नं. प्रदेश सहकारी महाशाखाका रजिष्टार बलराम निरौलाबाट  एकीकरणको प्रमाण-पत्र प्राप्त गरेका मोरङको लेटाङका मोरङ बचत तथा ऋण सहकारी संस्था लि. देउराली महिला बचत तथा ऋण सहकारी संस्था लि.ले आफूहरु बीचको एकीकरणका बाँकी कार्य चाडै टुङ्याउने गरी कार्य गरी कार्य गरिरहेको जनाइएको छ । ती दुई संस्था बीच एकीकरण भई बनेको एकीक‌त संस्थाको नाम मोरङ बचत तथा ऋण सहकारी संस्था लि. राख्ने यस अगाडि नै समझदारी भएको थियो । एकीकृत संस्थाको कार्यक्षेत्र मोरङ जिल्लाभर छ भने यसको जगेडा तथा अन्य कोषमा रु. २ करोड ८६ लाख , शेयर पूँजी रु.३ करोड ८ लाख , निक्षेप रु.२४ करोड ९ लाख र कर्जा लगानी रु.२० करोड ५० लाख र कुल वासलात रु.३० करोड ३० लाख रहेको बताइएको छ । एकीकृत संस्थाका व्यवस्थापक निरज शाक्यले यस संस्थाको सदस्य सेवाकेन्द्र स्थापना गर्ने दिशामा अगाडि बढ्ने बताउनुभएको छ ।

Leave a Reply