सामूहिक साकोसको आयोजनामा वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गोष्ठि सम्पन्न

९९औं अन्तर्राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भक्तपुर नगरपालिका-३, बोलाछेमा रहेको सामूहिक बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा आर्थिक वर्ष २०७८/०७९ को वार्षिक नीति तथा कार्यक्रम र बजेट तर्जुमा गोष्ठि सम्पन्न भएको छ । सो संस्थाको पञ्च वर्षीय व्यवसायिक योजनाको आधारमा गोष्ठिमा छलफल भएको थियो । त्यस अवसरमा उक्त संस्थाको हालको कूल कारोवारमा रु.१९ करोड बृद्धि गरी आगामी आर्थिक बर्ष २०७८/०७९ मा कूल कारोवार रु.८५ करोड नघाउने लक्ष्य रहेको बताइएको छ ।
सोही संस्थाका अध्यक्ष धनेशराज राजोपाध्यायको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा त्यसै संस्थाका उपाध्यक्ष राजभाइ भेलेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । गोष्ठिमा उक्त संस्थाका कोषाध्यक्ष अशोकरत्न शाक्यले अनुमानित बजेट र व्यवस्थापक कविन्द्र धौबञ्जारले वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो । लेखा सुपरिवेक्षण समिति संयोजक नित्यनाथ श्रेष्ठ र पूर्व अध्यक्ष राजेशवहादुर श्रेष्ठ लगायतको उपस्थिति रहेको सो गोष्ठिमा सहभागीहरुले बजेट सफलतापूर्वक कार्यान्वयन गर्न सल्लाह सुझाव दिनुभएको थियो ।
गोष्टिका सहभागीहरुको प्रश्न र जिज्ञासाको जवाफ दिनु हुदै अध्यक्ष राजोपाध्यायले संस्थाको वार्षिक नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा सम्बन्धित सबै पक्ष जिम्मेवार बन्नु पर्नेमा जोड दिनुभयो ।
त्यस संस्थाका सचिव कृष्णहरि सैंजुले सञ्चालन गरेको उक्त गोष्ठिमा त्यसै संस्थाका सञ्चालक समिति र लेखा सुपरीवेक्षण समितिका पदाधिकारी तथा सदस्य एवं कर्मचारीहरु समेत गरी २१ जनाको सहभागिता थियो ।
