पासा ग्वाहाली पुच: साकोस नेफ्स्कून-कास्कूनको कर्वस कार्यक्रममा आगामी एक वर्ष रहने

0 Shares

काठमाडौं गोकर्णेश्वर नगरपालिका ४, गोकर्णमा रहेको पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि.ले नेफ्स्कून–कास्कून साझेदारी कार्यक्रम अन्तर्गत जोखिममा आधारित साकोस सुपरीवेक्षण कार्यक्रम (कर्वस)मा सहभागी हुने गरी आगामी एक वर्षका लागि सम्झौता गरेको जानकारी प्राप्त भएको छ । नेफ्स्कून- कास्कूनका कार्यक्रम अधिकृत सविना न्याैपाने र सोविता मैनाली तथा पासा ग्वाहाली पुच: बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष हरिकृष्ण श्रेष्ठ तथा व्यवस्थापक श्याम श्रेष्ठ सहितका कर्मचारीहरुको उपस्थितिमा सोही संस्थाको कार्यालयमा उक्त सम्झौता सम्पन्न भएको थियो । सो संस्था कास्कूनको सदस्यता नं.१०२ को सदस्य रहेको छ ।

(कास्कूनको सहयोगमा ।)

 

Leave a Reply