भिमकुल साकोसको कुल पूँजी रु.३१ करोड
गोरखाको बोर्लाङ्गमा स्थानीय समुदायमा आधारित रही आफ्नै भवनबाट सञ्चालन भइरहेको भिमकुल बचत तथा ऋण सहकारी संस्था लि.को यही असार ३१ गतेसम्म कूल पूँजी रु.३१ करोड रहेको जनाइएको छ । त्यस दिनसम्म सोही संस्थामा शेयर सदस्य संख्या ३ हजार ४ सय ७६ , शेयर पूँजी रु.२ करोड ९९ लाख , बचत संकलन रु.२३ करोड ७३ लाख , ऋण लगानी रु २२ करोड ८८ लाख , कोष हिसाव रु.३ करोड ३० लाख र शुद बचत रु.१ करोड रहेको बताइएको छ ।
त्यसै स्थानमा जन्मेका नेपालका प्रथम प्रधानमन्त्री भिमसेन थापा र राजा पृथ्वीनारायण शाहका ज्योतिष कुलनन्द पाध्यायको नामबाट सो संस्थाको नामाकरण गरिएको जनाइएको छ । त्यस संस्थामा यही असार २६ गते बिहान १:३० बजेतिर चोरी भएको थियो
तर त्यसका बाबजुद यो संस्था राम्रोसँग अगाडि बढिरहेको देखिएको छ ।
