स्वागतम साकोस र सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि. हरियाली प्रबर्द्धनमा

0 Shares

ललितपुरको सुनाकोठीमा रहेको स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.र ललितपुरकै चापागाउँ दोबाटो चोकमा रहेको सुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.ले हरियाली प्रबर्द्धनमा जोड दिएका छन् । ती दुबै संस्थाको संयुक्त आयोजनामा यही असार २६ गते ललितपुरको सुनाकोठीमा बृक्षारोपण कार्यक्रम सम्पन्न भयो । त्यस अवसरमा बिरुवा बितरण समेत गरेको बागमती प्रदेश सहकारी संघ लि.का वरिष्ठ उपाध्यक्ष समेत रहनु भएका स्वागतम बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष जगतलाल महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो । सो बृक्षारोपण कार्यक्रममा स्थानीयबासीहरुको समेत सहभागिता रहेको थियो । काठमाडौं उपत्यकामा बढिरहेको वातावरण प्रदुषणलाई न्युनिकरण गर्न सहयोग पु-याउने उद्देश्यले आफूहरुले बृक्षारोपण गर्ने जस्ता हरियाली प्रवर्द्धनमा सहयोग पुग्ने कार्यमा जोड दिएको बहुउद्देश्यीय सहकारी संघ लि., ललितपुरका लेखा सुपरीवेक्षण समिति सदस्य समेत रहनु भएका सुुबर्णपुर बहुउद्देश्यीय सहकारी संस्था लि.का अध्यक्ष दीपेन्द्ररमण डंगोलको भनाई छ ।

Leave a Reply