मञ्जुश्री आवास विशिष्टिकृत सहकारी संघ लि.पनि सहकारी विभागमा दर्ता , त्यस संघको अध्यक्षमा बास्कोटा

0 Shares

२०७८ असार ३१ गते सहकारी विभागमा मञ्जुश्री आवास विशिष्टिकृत सहकारी संघ लि, दर्ता भएको जानकारी प्राप्त भएको छ । सो संघको प्रारम्भिक साधारण सभाले गठन गरेको तदर्थ समितिको अध्यक्ष राष्ट्रिय सहकारी महासंघ लि.का पूर्व अध्यक्ष तथा प्रतिभावान बचत तथा ऋण सहकारी संस्था लि.मा आबद्ध दीपक प्रकाश बास्कोटा हुनुहुन्छ । उक्त तदर्थ समितिको उपाध्यक्षमा आदर्श बचत तथा ऋण सहकारी संस्था लि.का मुकुन्दप्रसाद शर्मा , महासचिवमा जानकी बचत तथा ऋण सहकारी संस्था लि.का ऋषिराम घिमिरे , सचिवमा श्री बाराही बचत तथा ऋण सहकारी संस्था लि.का राधेश्याम सुवाल र कोषाध्यक्षमा शिक्षक विकास बचत तथा ऋण सहकारी संस्था लि.का कुमार तिमिल्सिना तथा सदस्यमा  गन्तव्य बचत तथा ऋण सहकारी संस्था लि.का रमेशकुमार चौलागाई , चमेरो बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष ई. भिमसेन श्रेस्ठ , मधुवन बचत तथा ऋण सहकारी संस्था लि.की देवकुमारी पौडेल , प्रभु बचत तथा ऋण सहकारी संस्था लि.का केशवप्रसाद दाहाल , सेन्सियर बचत तथा ऋण सहकारी संस्था लि.का कृष्णभक्त थापा र बनेपा बचत तथा ऋण सहकारी संस्था लि.का अमन श्रेष्ठ हुनुहुन्छ ।

भक्तपुरको मध्यपुर थिमिमा कार्यालय रहेको सो संघ सहकारी विभागमा दर्ता भएको दोस्रो विशिष्टिकृत संघ हो भने यस अगाडि राष्ट्रिय समृद्ध आवास विशिष्टिकृत सहकारी संघ लि. दर्ता भएको बताइएको छ ।

उक्त संघले व्यापारिक र आवासीय हिसाबले घडेरी खरीद गर्ने , भवन निर्माण गर्ने तथा सहकारी आवास योजनाहरु सञ्चालन गरी व्यवस्थित, सुरक्षित र किस्ताबन्दी सुविधा सहित न्युन मुल्यमा सदस्यहरुलाई प्रदान गर्ने उद्देश्य रहेको रहेको जनाइएको छ ।

 

Leave a Reply