युवा शेयर सदस्यलाई इन्द्रेश्वर सहकारीले स्वरोजगार कर्जा दिने

0 Shares

काभ्रेको पनौती नपा पनौतीमा रहेको इन्द्रेश्वर बचत तथा ऋण सहकारी संस्थार्ले स्वरोजगार ऋण लगानी गर्ने भएको छ ।
संस्थाले १८ देखि ६० बर्ष सम्मका युवा शेयर सदस्यहरुलाई स्वरोजगार बनाई तिनमा अन्र्तनिहित सीप प्रतिभा र जागरलाई देश भित्रै प्रस्फुटित हुने अवसर प्रदान गर्ने उद्देश्यले कृषि, पशुजन्य, साना तथा सेवामुलक व्यवसाय संचालन गरी आय आर्जन बृद्धि गरी जीविकोपार्जनलाई सहज बनाउन शुलभ रुपमा ऋण लगानी गर्ने संस्थाले जारी गरेको सुचनामा उल्लेख गरेको छ ।
संस्थाले प्रतिव्यक्ति २००००० दुई लाख रुपैया मात्र बिना धितो उपलब्ध गराउने सो संस्थाका व्यवस्थापक सुनिल स्याउलाको भनाई छ । सो ऋण मागको लागि आवश्यक कागजपत्र संलग्न गरी २०७८ श्रावण १६ गते भित्र निवेदन दिईसक्नपर्ने बताइएको छ ।

Leave a Reply