टौदह सहकारीबाट ब्लुबुक नविकरण र सवारी कर भुक्तानी गर्न सकिने

0 Shares

काठमाडौको टौदहमा रहेको टौदह बचत तथा ऋण सहकारी संस्था लि. ले सदस्यहरुको लागि नयाँ सेवा सुरु गरेको छ । जस अनुसार संस्थाका सदस्यहरुले आफ्नो मोटरसाईकल तथा गाडिहरुको ब्लूबुक नविकरण तथा कर भुक्तानीको लागि यातायात व्यवस्था कार्यालय सम्म गईराख्नु पर्ने छैन । संस्थाको कार्यालयमा सो सम्बन्धी कार्यको लागि एउटा छु्ट्टै स्मार्ट काउन्टरको स्थापना हुने बताईएको छ । उक्त सेवा सञ्चालनको लागि स्मार्ट सर्भिस इन प्रा. लि. र टौदह साकोस विच हिजो श्रावण १४ गते एक सम्झौता पत्रमा हस्ताक्षर गरिएको छ । उक्त सम्झौता अनुसार ब्लूबुक नविकरण, ब्लूबुक प्रतिलिपि, सवारी कर भुक्तानी, विमालेख जारी गराउने कार्य अब टौदह साकोसकै कार्यालयबाट हुनेछ । सो सम्बन्धी सम्पूर्ण सेवाहरु अनलाईन मार्फत गर्ने गरी प्रबन्ध मिलाईएको छ । व्यस्त दैनिकीका कारण कयौं व्यक्तिहरुले समयमा सवारी कर भुक्तानी तथा ब्लुबुक नविकरण गर्न विर्सिई जरिवानामा परिरहेका हुन्छन्, त्यस परिस्थितिमा सदस्यहरुको सहजताको लागि यो सेवाको विकास गरिएको संस्थाका प्रबन्धक दिपक महर्जनको भनाई छ ।

Leave a Reply