सम्बन्थित स्थानीय तहसँग समन्वय गरेर मात्र कार्यालय सञ्चालन गर्न सहकारी संस्थाहरुलाई झापा जिल्ला सहकारी संघ लि.को आग्रह
झापा जिल्लामा पुन: कोभिड-१९ को संक्रमणको जोखिम बढेको भन्दै त्यहाँका स्थानीय तहहरुले आ-आफ्नै ढंगबाट निशेधाज्ञा जारी गरेसँगै झापा जिल्ला सहकारी संघ लि.ले झापा जिल्लामा सञ्चालमा रहेका सहकारी संस्थाहरुलाई सम्बन्धित स्थानीय तहसँग समन्वय गरेर मात्र आफ्नो कार्यालय सञ्चालन गर्न आग्रह गरेको गरेको जानकारी प्राप्त भएको छ । सो संघले सहकारी संस्थाहरुलाई आफ्ना शेयर सदस्य , कर्मचारीहरु लगायतको मनोबल उच्च बनाउन सहयोग पुग्ने गरी गतिविधि सञ्चालन गर्न जोड दिएको बताइएको छ । झापा जिल्लामा पुन कोभिड-१९ का विरामी बढेको भन्दै केही दिनयता स्थानीय पालिकाहरुले आफ्नै ढंगबाट निशेधाज्ञा लगाएर मानिसहरुलाई गतिविधि गर्न रोक लगाएको छ ।
