भिमसेन सहकारीले गर्यो स्वास्थ्य चौकीलाई सहयोग
चितवनको भरतपुर महानगरपालिका वडा नं २ मा रहेकोे भिमसेन बचत तथा ऋण सहकारी संस्था लि. ले भरतपुर महानगरपालिका वडा नं मा रहेको आधारभूत स्वास्थ्य चौकीलाई तातो चिसो पानी आउने डिस्पोन्सर लगायतका खानेपानी सामाग्री यहि मिति २०७८ साउन १० गतेका दिन सहयोग गरेको छ । सो स्वास्थ्य चौकीमा उपचार गर्न आउने विरामीहरुको लागि चिसो तातो पानी उपभोग गर्न समस्या भएकाले उक्त कार्यलाई प्राथमिकता दिँदै संस्थाले सो स्वास्थ्य चौकीलाई सहयोग हस्तान्तरण गरेको संस्थाका अध्यक्ष अशोक श्रेष्ठले बताएका छन् ।
त्यसैगरी संस्थाले हस्तान्तरण गरेको सो डिस्पोन्सरमा फ्रिजर पनि जोडिएकाले विरामीहरुलाई औषधी राख्न सजिलो हुने समेत भएको छ । संस्थाले सोहि दिन डिस्पोन्सर सँगै १५ काटुन बोटलको पानी र २ जार पानी र डस्टबिन समेत वितरण गरेको थियो ।
उक्त संस्थाले विश्वभर फैलिएको कोभिड माहामारीको बेला बैक वित्तीय संस्था बन्द भएको अवस्थामा पनि आफ्ना सदस्यहरुलाई आंशिक रुपमा आवश्यकता अनुुसारको सेवा प्रदान गर्नुका साथै १५ प्रतिशत ब्याजको छुट समेत गरेको छ । माहामारीको बेला समस्यामा परेका कर्मचारी बजार प्रतिनिधिहरुलाई आर्थिक सहयोग पनि संस्थाले जुटाएको थियो ।
त्यसैगरी भरतपुर महानगरपालिकाका १२ वटा वडाहरुमा कार्यक्षेत्र विस्तार गरिसकेको सो संस्थाले व्यापारिक क्षेत्रमा बढि ऋण लगानी गरेपनि सानो ऋण लगानी गरी आफ्नो जिविकापार्जन गर्ने साना व्यापारीहरुलाई सर्वशुलभ रुपमा ऋण लगानी गर्दै आईरहेको छ ।
संस्थाले विभिन्न तर्जुमा गोष्ठी लेखा समिति, संचालक र व्यवस्थापन तालिमहरु समेत दिँदै आईरहेको छ । राष्ट्रिय सहकारी दिवसको अवसर पारेर संस्थाले बाल सदस्यहरुलाई लक्षित गरी बाल प्रतियोति जस्ता कार्यक्रमहरु पनि गर्ने गरेको छ ।
सो संस्थाले सरकारी स्कूलमा अध्ययन गर्ने केहि छात्रछात्राहरुलाई स्करसिपको व्यवस्था समेत गर्ने आगामी योजना बनाएको जानकारी गराएको छ ।
अन्तराष्ट्रिय सहकारी मुल्य, मान्यता र सिद्धान्तको पालन गर्दै आईरहेको उक्त संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका रक्तदान, सरसफाई र अनाथ असाय व्यक्तिहरुलाई खाद्यान्न वितरण जस्था कार्यहरु पनि संस्थाले नियमित रुपमा गरिरहेको संस्थाका सचिव पुष्प कुमार श्रेष्ठको भनाई छ ।
त्यसैगरी २०७७÷२०७८ असार मासन्तसम्म संस्थाको शेयरपुँजी २ करोड ६४ लाख, जम्मा कारोबार ३१ करोड, ऋण लगानी २५ करोड रहेको उक्त संस्थाकी व्यवस्थापक शलिना श्रेष्ठले सहकारी सञ्जाललाई जानकारी गराईन्
