आफ्नै भवनबाट कारोबार गर्दै सहयोगी सहकारी

0 Shares

तनहुँको भिमाद नपा ६– मालेबगरमा रहेको सहयोगी बचत तथा ऋण सहकारी संस्था लि. ले े यहि श्रावण १ गते बाट आफ्नै भवन बाट कोरोबार सुरु गरी सदस्यहरुलाई सेवा दिईरहेको छ कोरोनाको समयमा पनि संस्थाले दैनिक बिहान १० बजे देखि १ बजे सम्म सेवा प्रवाह गरेको उक्त संस्थाले सहकारी सञ्जाललाई जानकारी गराएको छ । स्थानीय समुदायमा आधारित रहेर सन्चालन भईरहेको सो संस्थाले लगडाउनको समयमा समेत आफ्ना सदस्य हरुलाई घरमै पुगेर पनि सेवा प्रवाह गरेको थियो । साथै असार मसान्तसम्मको पाकेको ब्याजमा १० प्रतिशत छुट र त्यस समयको हर्जनामा मिनाहा पनि गरेको बताईएको छ ।
भिमाद नगरपालिका रेसिङ गाउपालिका घेरिङ गाउपालिका सम्म कार्यक्षेत्र रहेको उक्त संस्थाले आफ्ना सेयर सदस्यहरुलाई निरन्तर सेवा प्रवाह गरिरहेको सोहि संस्थाका ब्यवस्थापक किशोर पोखरेलले जानकारी दिनुभयो
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्त सम्म सेयर पुजी– २ करोड ९८ लाख निक्षेप संकलन– १२ करोड, कर्जा लगानी– १५ करोड र कुल कारोबार– २० करोड रहेको बतार्ईएको छ ।

Leave a Reply