चन्द्रपुरका संकल्प साकोस र सिभिल हस्पिटल बीच सेवामुखी सम्झौता सम्पन्ध

रौतहटको चन्द्रनिगाहपुरमा आफ्नै भवनबाट सञ्चालन भइरहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि. र चन्द्रपुर नगरपालिका-४ मा रहेको सिभिल हस्पिटल बीच आज सेवामुखी सम्झौता भयो । उक्त सम्झौता-पत्रमा संकल्प बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष विभु पोखरेल र सिभिल हस्पिटलका प्रशासकीय अधिकृत राजकुमार शाहले हस्ताक्षर गर्नुभयो । त्यस सम्झौतामा संकल्प बचत तथा ऋण सहकारी सस्था लि.का शेयर सदस्यहरुलाइ सिभिल हस्पिटलमा ओ.पी.डी.(OPD) सेवा नि:शुल्क ,औषधि खरीदमा ५ प्रतिशत छुटका साथै एक्स रे ,भिडियो एक्सरे तथा विभिन्न टेष्टमा २० प्रतिशत छुट र गरिब तथा निम्न आय भएका शेयर सदस्यहरुलाइ सम्बन्धित वडा र सस्थाको सिफारिसमा सबै सेवामा ५० प्रतिशत छुट , बर्षमा ३ वटा स्वास्थ्य सिविर सञ्चालन ,रक्त ग्रुप पहिचानको लागि नि:धुल्क सेवा प्रवाह गर्ने जस्ता विषय उल्लेख छ ।
उक्त अवसरमा संकल्प बचत तथा ऋण सहकारी सस्था लि.का सञ्चालक तथा कर्मचारी र सिभिल हस्पिटलका कार्यकारी निर्देशक राजिनन्न्दन शाह तथा कर्मचारीहरु र गुन्जन सूचना तथा सञ्चार सहकारीका स्टेसन म्यानेजर सन्जय कार्कीको उपस्थिति रहेको थियो ।
आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुसार सञ्चालन भइरहेको संकल्प बचत तथा ऋण सहकारी संस्था लि.ले स्थापना भएको छोटो समयमा नै सहकारी क्षेत्रमा आफ्नो छुट्टै परिचय बनाउन सफल भएको देखिएको छ ।