गंगामाला स्वावलम्बन विकास सहकारीको कुल कारोबार ४० करोड सेयरपुँजी , कारोबार र सदस्य संख्या बढाउदै लैजाने

0 Shares

यज्ञ प्रसाद ढकाल – संचालक – नेफ्स्कून तथा –अध्यक्ष श्री गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.र प्रस्तावित कर्णाली प्रदेश बचत तथा ऋण सहकारी संघ लि

सुर्खेतको भेरीगंगा न.पा १२ छिन्छु बाट आफ्नै भवन मार्फत वित्तीय कारोबार गर्दै आएको श्री गंगामाला स्वावलम्बन विकास बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्ना सदस्य हरुलाई लगडाउनको समयमा पनि सम्पर्क ब्यक्ति बाट आवश्यक अनुसारको सेवा दिदै आईरहेको सो संस्थाले सहकारी सञ्जाललाई जानकारी गराएको छ । दैनिक बिहान ११ बजे देखि दिउसो १ बजे सम्म सिमित कर्मचारी राखेर कार्यलय बाट सेवा दिइएको बताईएको छ ।
त्यसैगरी अनलाइन सेवाबाट सचेतनामुलक कार्यक्रम गरि कोभिड बाट बिरामी भएका प्रत्येक ब्यक्तिलाई रु.४००० (चार हजार)का दरले कोरोना पोजेटिभ भएकालाई उपचारको व्यवस्था र पौष्टिक आहार पनि उपलब्ध गराइएको थियो ।
प्रदेश सरकार र स्थानीय तहलाई पनि आर्थिक सहयोग गर्नुका साथै कर्णाली प्रदेश सरकारलाई ५१५५१ र भेरीगंगा न.पा.लाई ३१००० गुर्भाकोट न.पा.लाई २५००० लेकवेशी न.पा.लाई २१००० गरी जम्मा रकम १२८,५५१ सहयोग गरिएको संंस्थाले जानकारी गराएको छ ।
कोरोना भाइरसबाट सदस्यहरुलाइ बचाउनको लागि जनचेतनामुलक कार्यक्रमहरु सन्चालन गर्दै भोकमरीमा परेका सदस्यहरुलाइ खाद्यान्नको ब्यवस्था र कोरोना पोजेटिभ देखिएका सदस्यहरुलाइ राहत अनुदानको ब्यवस्था, सदस्यको निधन सदस्यको पति वा पत्निको निधन सदस्यको एकाघर परिवारको निधन सदस्य दुर्घटनामा परि घाइते हुँदा दीर्घ रोग लाग्दा र सदस्यको घरको क्षति भएमा आपसी सहयोग कार्यक्रमबाट राहत बितरण समेत संस्थाले गरेको हो ।
कोभिड बाट मृत्यु भएका सेयर सदस्यहरुलाइ रु २५००० का दरले सहयोग गरी हर्जनामा पनि छुट गरिएको थियो ।
संस्थाले ४ ओटा सेवा केन्द्र मार्फत आफ्ना सदस्यहरुलाई बचत तथा ऋणको कारोबार गर्दै आएको छ । मोबाइल बैकिङ्ग सेवा बाट युटीलिटी पेमेन्ट प्रवाह गरीएको छ संस्थाको सबै सेवा केन्द्र तथा मुख्य कार्यलयमा अति गरीब सदस्यहरु छनौट गरी अति गरिब उत्थान कार्यक्रम पनि गरीएको छ ।
साथै कार्यलय आउन नसकेका सदस्यहरुलाइ घरमै पुगेर पनि सेवा प्रवाह गर्नुका साथै यस संस्थाको मुख्य उद्देश्य भनेको सदस्य केन्दित कार्यक्रम नै प्रमुख रहेको छ ।
संस्थाको आगामी योजनाहरु कार्यक्षेत्र बिस्तार गरी सुर्खेत जिल्लाभरी बनाइनेछ÷संस्थाका सेयर सदस्यहरु वृद्धि गरिनेछ÷ संस्थाको समुह संख्या वृद्धि गरिनेछ÷ संस्थाको सेयर पुजी वृद्धि गरिनेछ सहकारी क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने छ र हाल संस्था निति बिधी र प्रबिधियुक्त हुदै गुणस्तरीय हिन्ह ब्रान्ड प्राप्त गर्न अहोरात्र खटिरहेको छ छरिएर रहेको पुजिलाई एकीकृत गर्दै एकका लागि सबै र सबैका लागि एक भन्ने सहकारीको मुल मर्म अनुसार गरिब तथा पिछडिएका बर्गको आर्थिक सामाजिक तथा सांस्कृतिक विकास गरी जिवन स्तर परिवर्तन गर्दै सदस्य समुदाय र राष्ट्रको उन्नतिको लागि स्वावलम्बि समाज निर्माण गर्न योगदान गर्दै अन्तर्राष्ट्रिय सहकारी मुल्य मान्यता र सिद्धान्तको ब्यवहारीक प्रयोग गर्ने प्रयासको रुपमा रहने जस्था संस्थाका आगामी योजनाहरु रहेका छन् ।
संस्थाको आर्थिक बर्ष २०७८ असार मसान्तसम्म सेयर पुजी– ४ करोड, बचत संकलन– २८ करोड , कर्जा लगानी– ३४ करोड, जगेडा कोष–२ करोड ५० लाख कुल कारोबार– ४० करोड र कुल संख्या ७५०० रहेको उल्लेख गरिएको छ ।

Leave a Reply