आ.व.२०७८/०७९ मा १ लाख शेयर सदस्य र रु.१० अर्ब कूल सम्पति पु-याउने विन्धवासिनी साकोसको लक्ष्य

0 Shares

काभ्रेपलाञ्चोकको बनेपामा कर्पोरेट कार्यालय रहेको विन्धवासिनी बचत तथा ऋण सहकारी संस्था लि.ले आर्थिक वर्ष २०७८/०८९ मा शेयर सदस्य संख्या १ लाख र कूल सम्पति रु.१० अर्व पु-याउने लक्ष्य लिएको जनाएको छ । सो संस्थाले यही साउन २१ देखि २३ गतेसम्म पाँचौँ रणनीतिक व्यावसायिक योजना कार्याशाला गोष्ठि तथा वार्षिक समीक्षा कार्यक्रममा सो लक्ष्य लिएको जनाइएको छ । सोही संस्थाका अध्यक्ष प्रदीप थापाको अध्यक्षता तथा नेफ्स्कूनको प्राविधिक सहयोगमा उक्त लक्ष्य हासिल गर्न आवश्यक रणनीतिक योजना निर्माणको लागि विस्तृत छलफल गरिएको जनाइएको छ । काठमाडौं र काभ्रेपलाञ्चोक जिल्लाभर कार्यक्षेत्र रहेको समुदायमा आधारित त्यस संस्थाको मुख्य कार्यालय , कर्पोरेट कार्यालय र ७ वटा सेवाकेन्द्र सञ्चालनमा छन् ।

सो गोष्ठिको नेफ्स्कूनका वरिष्ठ तालिम अधिकृत बल्लभ तिमिल्सिना र तालिम अधिकृत कोमलराज अधिकारीले सहजीकरण गर्नु भएको थियो ।

२०७७ माघ महिनामा भएको अर्ध-वार्षिक समीक्षाको निष्कर्ष र गत आर्थिक वर्षको वार्षिक समीक्षा गरिएको त्यस गोष्ठिमा त्यसै संस्थाको सञ्चालक समितिको निर्णयको जानकारी , समष्टिगत वित्तीय प्रगति तथा संस्थाको कर्पोरेट कार्यालय लगायत ७ वटै सेवा केन्द्रको गैर- वित्तीय सेवा र लक्ष्य प्राप्तीका लागि अपनाईएका रणनीति प्रतिवेदन तथा कर्पोरेट कार्यालयका विभागीय व्यवस्थापकहरुले विभागीय प्रगति एवं रणनीति, प्रमुख व्यवस्थापकले समष्टिगत वित्तीय प्रगति एवं लक्ष्य, लेखा सुपरीवेक्षण समितिको प्रतिवेदन एवं रणनीति , ऋण उप-समितिको प्रतिवेदन एवं रणनीति, लघुवित्त उप-समितिको प्रतिवेदन एवं रणनीति प्रस्तुत गरिएको थियो भने त्यस अवसरमि तिनीहरुमाथि छलफल गरिएको थियो ।

 

Leave a Reply