रुपन्देहीका सामूहिक विकास साकोस र कल्पवृक्ष साकोस बीच एकीकरण हुने

0 Shares
रुपन्देहीको तिलोत्तमा नगरपालिका-३, शंकरनगरमा रहेको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. र सोही नगरपालिका-७, भलवारीमा रहेको कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लि. बीच एकीकरण हुने भएको छ । यही साउन २४ गते ती दुई संस्था बीच एकीकरण गर्ने प्रारम्भिक सहमती भएको हो । सहकारी एकीकरणलाई अभियानको रुपमा अगाडि बढाएको सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुरेन्द्रकुमार बर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमका बीच उक्त सहमती-पत्रमा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत लक्ष्मण ज्ञवाली र कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बेचुप्रसाद चौधरीले हस्ताक्षर गर्नुभयो । त्यस अवसरमा सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष बर्माले सहकारी ऐन/ नियमावलीमा भएको दोहोरो सदस्यताको प्रावधान कार्यान्वयन गरी सहकारी संस्थालाई व्यवस्थित र भरपर्दो ढंगबाट सञ्चालन गर्न सहकारी एकीकरण आवश्यक रहेको बताउनुभयो । त्यसैगरी कल्पवृक्ष बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष चौधरीले सहकारी संस्थामा सुशासन कायम गरी सदस्यहरुलाई भरपर्दो र गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यले हामीले यी दुई संस्था बीच एकीकरण गर्ने सहमती गरेको बताउनुभयो ।

यस अगाडि सामूहिक विकास बचत तथा ऋण सहकारी संस्था लि. र मणिप्रसाद बचत तथा ऋण सहकारी संस्था लि.बीच पनि एकीकरण गर्ने सहमती भएको थियो ।

Leave a Reply