शंखधर साकोसको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

0 Shares

भक्तपुरको मध्यपुर थिमि नगरपालिका-४, शंखधरचोकमा आफ्नै भवनबाट सञ्चालन भइरहेको शंखधर बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही साउन २३ गते शनिबार शंखधरचोकस्थित शंखधर पार्टी प्यालेसमा सम्पन्न भयो । सामाजिक उत्तरदायित्व अन्तर्गत सो संस्थाको नियमित कार्यक्रम अन्तर्गत सम्पन्न त्यस रक्तदान कार्यक्रममा १२ जना महिला सहित ४८ जना रक्तदाताले रक्तदान गर्नु भएको सोही संस्थाका व्यवस्थापक राजेन्द्र कारञ्जितले सहकारी सञ्जाललाई बताउनुभयो ।  उक्त रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी , भक्तपुर शाखाले प्राविधिक सहयोग गरेको थियो । स्थानीय समुदायमा आधारित सो संस्थाले समय समयमा रक्तदान लगायतका बिभिन्न रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको छ ।

मध्यपुर थिमि नगरपालिका, सुर्यविनायक नगरपालिकाको वडा नं.१ देखि ७ सम्म र चाँगुनारायण नगरपालिका वडा नं.१ र २ मा कार्यक्षेत्र रहेको सो संस्थामा शेयर सदस्य संख्या ३ हजार १ सय , शेयर पूँजी रु.४ करोड १० लाख ,निक्षेप संकलन रु.३८ करोड , कर्जा लगानी रु.३१ करोड र कूल कारोवार रु ४७ करोड रहेको व्यवस्थापक कारञ्जितको भनाई छ । आफ्ना शेयर सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको त्यो संस्था निरन्तर प्रगतिपथमा अगाडि बढिरहेको देखिएको छ ।

Leave a Reply