धनगढीमा नेफ्स्कूनको सेवाकेन्द्र स्थापना

0 Shares

नेफ्स्कूनले कैलालीको सदरमुकाम धनगढीमा आफ्नो ३३औं सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ । नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले आज सो सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । त्यस अवसरमा उहाँले नेपालको सहकारी अभियानमा नेफ्स्कूनको महत्व र भूमिकाको बारेमा प्रष्ट पार्नु भएको थियो । नेफ्स्कूनका सञ्चालक माधव जोशीको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा सुदूर पश्चिम प्रदेश सहकारी महाशाखाका रजिष्टार गोकुल बोहरा , राष्ट्रिय सहकारी बैंक लि.का सञ्चालक शिवा थापा, जिल्ला सहकारी संघ लि., कैलालीका अध्यक्ष फणिराज सापकोटा र कञ्चनपुर जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष भवानी चन्दको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा  नेफ्स्कून फिल्ड कार्यालय ब्यवस्थापन उप-समितिका सदस्यहरु भुपेन्द्र थापा, बद्रीप्रसाद भट्टराई , सुरत बोगटी ,  प्रेमलता देवी गौतम लगायतको पनि उपस्थिति रहेको थियो । 

 

 

Leave a Reply