गणेशप्रसाद पाण्डे भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिव

0 Shares

नेपाल सरकार , मन्त्रीपरिषदको आज प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कर्णाली प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव गणेशप्रसाद पाण्डेलाई भूमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयको सचिवमा सरुवा गरेको छ भने भुमि व्यवस्था , सहकारी तथा गरिवी निवारण मन्त्रालयका सचिव टेकनारायण पाण्डेलाई गृह मन्त्रालयमा सरुवा गरेको जानकारी प्राप्त भएको छ ‌‌। त्यसैगरी सो बैठकले वित्त आयोगका सचिव बेगेन्द्र शर्मा पौड्याललाई रक्षा मन्त्रालय , प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बैकुण्ठ अर्याललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रालय र १ नं. प्रदेशका मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका प्रमुख सचिव सुमन अर्याललाई महालेखा नियन्त्रकको कार्यालयमा सरुवा गरेको बताइएको छ ।

Leave a Reply