हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले अक्सिजन प्लाण्ट निर्माणको लागि धनगढी उप-महानगरपालिकालाई रु.१ लाख सहयोग गरेको छ : अध्यक्ष दुर्गाप्रसाद भण्डारी

0 Shares

कैलालीको धनगढी उप-नगरपालिका-५, तारानगर , धनगढीमा आफ्नै भवनमा  प्रधान कार्यालय रहेको हिमशिखर बहुउद्देश्यीय सहकारी संस्था लि.ले अक्सिजन प्लाण्ट स्थापनाको लागि धनगढी उप-महानगरपालिकालाई  रु.१ लाख सहयोग गरेको जनाएको छ । सहकारी सञ्जालका संवाददाता इश्वर ढुंगेलसँग कुरा गर्दै सो संस्थाका अध्यक्ष दुर्गाप्रसाद भण्डारीले कोरोना महामारीको समयमा आफ्ना आर्थिक विपन्न अवस्थाका शेयर सदस्यहरुलाई रु.६० हजार बराबरको खाद्यान्न बितरण गरेको बताउनुभयो । आफ्नो प्रधान कार्यालयको अतिरिक्त कैलालीको गोदाबारी नगरपालिका-१, अत्तरिया र कैलारी गाउँपालिका-५, सुर्मीमा रहेका सदस्य सेवाकेन्द्रबाट वित्तीय र गैर-वित्तीय सेवा प्रवाह गरिरहेको उक्त संस्थाको यही असार मसान्तसम्म शेयर सदस्य संख्या ३ तीन हजार , शेयर पूँजी रु.२ करोड ५० लाख , कर्जा लगानी रु.४६ करोड , जगेडा कोष रु.१ करोड ३७ लाख र कूल कारोवार रु.५६ करोड रहेको त्यसै संस्थाका अध्यक्ष भण्डारीको भनाई छ ।

कैलालीको धनगढी उप-महानगरपालिका , गोदावारी नगरपालिका , गौरीगंगा नगरपालिका र कैलारी गाउँपालिकामा कार्यक्षेत्र रहेको त्यस संस्थाले मोवाइल बैंकिङ्ग , एस.एम.एस. ट्याब्लेट र बैंकिङ्ग टप अफ जस्ता प्रविधि मार्फत आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुका साथै शेयर सदस्यहरुको टेलिफोन , खानेपानी र विजुलीको महशुल भुक्तानी गर्ने जस्ता कार्य पनि गरिरहेको छ । यसैगरी उक्त संस्थाले आफ्ना शेयर सदस्यहरुलाई सुपथ मुल्यमा रासायनिक मल , विउ बिजन र कृषि औजार विक्री गर्नुका साथै ग्रामीण क्षेत्रमा कृषि लगायतका उत्पादनमुलक कार्यलाई विशेष जोड दिइरहेको बताइएको छ । रु.१० लाख शेयर पूँजीबाट कारोवार शुरु भएको सो संस्थाले स्थापना भएको छोटो समयमा उल्लेख्य प्रगति गरी सहकारी क्षेत्रमा आफ्नो बेग्लै परिचय बनाएको छ । त्यस संस्थाले आफ्ना शेयर सदस्यहरुलाई वार्षिक १५ प्रतिशत लाभांश बितरण गर्दै आएको छ भने त्यसले कोरोना महामारीको समयमा भएको लकडाउनको समयमा आफ्ना ऋणी शेयर सदस्यहरुको कर्जाको पाकेको व्याजमा १० प्रतिशत छुट र हर्जाना मिनाहा गरेको थियो भने उसले सोही समयवधिमा स्वास्थ्य मापदण्ड पालना गरी थोरै कर्मचारीहरुबाट हप्ताको ३ दिन आफ्नो कार्यालयबाट आफ्ना शेयर सदस्यहरुलाई सेवा प्रवाह गर्नुको साथै उक्त समयमा अफ्ठ्यारोमा परेका तर कार्यालय आउन नसक्ने अवस्थाका शेयर सदस्यहरुलाई उनीहरुको घरदैलोमै पुगेर सेवा प्रवाह गरेको थियो ।

आफ्ना शेयर सदस्य सदस्यहरुको मर्म र भावना अनुरुप सञ्चालन भइरहेको सो संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरु पनि समय समयमा गर्दै आएको छ ।

हाम्रो यस संस्थाले हिमशिखर राहत कोष सञ्चालन गरी कोरोनाका कारण निधन भएका आफ्ना शेयर सदस्यको परिवारलाई रु.५ हजार राहत सहयोग प्रदान गरेको छ ,’ त्यसै संस्थाका अध्यक्ष भण्डारीले भन्नुभयो ।

Leave a Reply