आफ्नै भवन निर्माण गर्दै जिल्ला सहकारी संघ लि.,काभ्रेपलाञ्चोक

जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकको आफ्नै भवन निर्माण शुरु भएको छ । सुविधा सम्पन्न हुने गरी निर्माण थालिएको उक्त भवनबाट कृषि उत्पादन बजारीकरण गर्ने योजना रहेको बताइएको छ । बनेपाको सहकारी चोकमा रहेको सो संघको आफ्नै जग्गामा रु.४ करोड २९ लाख ७६ हजार लागतमा १ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिइएको त्यस भवनको यही साउन २७ गतेे एक कार्यक्रमका बीच सिलन्यास गरियो । सोही संघका अध्यक्ष दिलिप शर्माको अध्यक्षतामा सम्पन्न सिलन्यास कार्यक्रममा सोही संघका पूर्व अध्यक्षहरु कुलचन्द्र अधिकारी , माधवनारायण जोशी , शुभप्रसाद अधिकारी , मुकुन्दप्रसाद दाहाल , विनोद पराजुली र सोमप्रसाद हमागाईँ लगायतको उपस्थिति रहेको जानकारी प्राप्त भएको छ । उक्त भवन निर्माणको ठेक्का काठमाडौंको बानेश्वरमा रहेको खानी निर्माण सेवा प्रा.लि.ले पाएको बताइएको छ ।