उपयोगी साकोस , इमाडोल आफ्नै भवनबाट सञ्चालन हुदै

0 Shares

उपयोगी बचत तथा ऋण सहकारी संस्था लि. ललितपुरको महालक्ष्मी नगरपालिका वडा नं.४, इमाडोलमा भर्खरै निर्माण सम्पन्न भएको आफ्नै भवनबाट यही साउन ७ गतेदेखि सञ्चालन शुरु भएको छ । आफ्नै भवनबाट सञ्चालन हुन थालेपछि उक्त संस्थाप्रति स्थानीयबासीहरुको साथ र समर्थन थप बृद्धि भएको देखिएको छ ।अअ यस अघि सो संस्था सोही नगरपालिका-१, रातामकै चोकबाट सञ्चालन हुदै आएको थियो ।

ललितपुरको महालक्ष्मी नगरपालिकाकामा कार्यक्षेत्र रहेको स्थानीय समुदायमा आधारित त्यस संस्थामा शेयर सदस्य संख्या २ हजार ६ सय , शेयर पूँजी रु.३ करोड , निक्षेप संकलन रु.३० करोड , कर्जा लगानी रु.२५ करोड ५० लाख र कूल कारोवार रु.३५ करोड रहेको त्यसै संस्थाका व्यवस्थापक विकास महर्जनले सहकारी सञ्जाललाई बताउनुभयो । हाम्रो यस संस्थामा तरलताको खासै समस्या छैन तर कोभिड-१९ बाट परेको असरले गर्दा यस संस्थाबाट कर्जा लिएका कतिपय शेयर सदस्यले कर्जाको सावाँ र व्याज समयमा भुक्तानी गर्न नसकिरहेको अवस्था छ ।

Leave a Reply