जिल्ला सहकारी संघ लि., ललितपुर बजार विकास कार्यक्रम सञ्चालनको तयारी गर्दैछ

– माधव दुलाल , अध्यक्ष , जिल्ला सहकारी संघ लि., ललितपुर
जिल्ला सहकारी संघ लिमिटेड , ललितपुरले बजार विकास कार्यक्रम सञ्चालन गरिरहेको छ । यस संघले आफ्नो सहकारी प्रबर्द्धन केन्द्र भवनमा बजार निर्माण गर्ने कार्य अन्तिम चरणमा पुगेको छ । त्यसमा तरकारी तथा फलफुल र सहकारीबाट उत्पादन भएका कृषिजन्य बस्तु , हस्तकलाका सामाग्री र उपभोग्य बस्तुहरुको एकीकृत ढंगबाट बिक्री गर्ने योजना छ । यसको तयारी अन्तिम चरणमा पुगेको छ ।
यसको लागि ललितपुरको छम्पी , देवीचौर , घुसेल , भट्टेडाँडा , इकुडोल , प्युटार ,भुखेल , गोटीखेल , चन्दनपुर र ठूलो दुर्लुममा तरकारी तथा फलफुल संकलन केन्द्र निर्माण हुनुको साथै त्यहाँ तरकारी तथा फलफुल ग्रेडिङ , प्याकेजिङ र चिस्यान केन्द्र निर्माण भएको छ । त्यसैगरी जिल्ला सहकारी संघ लिमिटेड , ललितपुरको सहकारी प्रबर्द्धन केन्द्र भवनको भूइँ तलामा तरकारी तथा फलफुल चिस्याउने ठूलो चिस्यान केन्द्र निर्माण भइरहेको छ । त्यस्तै यो भवनको २ तथा तयार भएको छ भने तेस्रो तलाको ढलान हुने क्रममा छ ।
हाम्रो यस संघले अन्तर- लगानी कार्यक्रम सञ्चालन गरिरहेको छ । यसैसँगै सहकारी तालिम/ शिक्षा कार्यक्रम पनि भइरहेको छ ।
हाम्रो यो संघको शेयर सदस्य संख्या ८ सय , शेयर पूँजी रु.१ करोड ५० लाख , निक्षेप संकलन रु.३० करोड र कर्जा लगानी रु.२२ करोड जति छ ।
बर्तमान सरकारले सहकारी ऐन,२०७४ मा उल्लेख भएका सहकारीको विस्तारमा अवरोध गर्ने प्रावधान सहकारी मैत्री हुने गरी संशोधन गर्नु पर्दछ ।