लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले २०७८ भदौ १८-२० गते आफ्नो ४ वर्षे रणनीतिक योजना निर्माण गर्दैछ

0 Shares

कृष्ण नेपाल , अध्यक्ष , लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.

 

लुम्विनी प्रदेशमा ३ हजार ७ सय वटा बचत तथा ऋण सहकारी संस्था छन् । तीमध्ये यस प्रदेशका १२ वटा जिल्ला मध्ये १० वटा जिल्लाका ३८ वटा बचत तथा ऋण सहकारी संघ/संस्था लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को सदस्य बनेका छन् र यो ‌क्रम जारी छ । यो संघको विनियममा पहिलो पटक यसको सदस्य बन्दा रु.१०० मुल्यको २५० कित्ता शेयर खरीद गर्नु पर्ने भन्ने प्रावधान अनुसार यसको सदस्य बनेका बचत तथा ऋण सहकारी संघ/संस्थाले १०० रुपैया मुल्यका २५० कित्ता शेयर खरीद गरेका छन् तर कोभिड-१९ को कारण यो प्रदेशका रोल्पा र पूर्वी रुकुममा भने यस संघको सदस्यता बनाउन सकिएको छैन । २०७८ असार मसान्तसम्म यो संघमा रु.१० लाख व्यालेन्सिट पुगेको छ भने यसको पूँजी बृद्धि गर्ने र आफ्ना सदस्यहरुबाट नियमित मासिक बचत मात्र संकलन गर्ने योजना रहेको छ ।

२०७८ साउन २३ गते लुम्विनी प्रदेश बचत तथा ऋण सहकारी संघ लि.को प्रारम्भिक साधारणसभा सम्पन्न भयो । सो साधारणसभाबाट पुन: मेरै अध्यक्षतामा १९ सदस्यीय सञ्चालक समिति र कृष्ण चौहानको संयोजकत्वमा ३ सदस्यीय लेखा सुपरीवेक्षण समिति चयन भएको छ ‌‌‌‌‌‌‌। यस संघको सञ्चालक समितिको तेस्रो बैठकले २०७८ भदौ १८-२० गते यसै संघको ४ बर्षे रणनीतिक योजना मिति तय भई त्यसका तयारीको कार्य भइरहेको छ ‌‌। यसैगरी यो संघलाई नीति , विधि  र प्रविधिबाट सुव्यवस्थित ढंगबाट सञ्चालन गर्नको लागि आवश्यक नीत तथा कार्यविधि तयार गर्नको लागि सुस्ता-बर्दघाट पश्चिम नवलपरासी जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष राजन आचार्यको संयोजकत्वमा ३ सदस्यीय उप-समिति गठन गरिएको छ ।

हाम्रो यस संघ र नेफ्स्कून बीच साझेदारी कार्यक्रम गर्ने गरी देहाय अनुसार सम्झौता भएको छ ।

१.  नेफ्स्कूनले प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लाई थोक ऋण दिने र प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले सो ऋण आफ्ना सदस्यलाई प्रवाह गर्ने ।

२.  नीति , विधि र प्रविधिले साकोसहरुलाई दिगो रुपमा सञ्चालनको लागि प्रोवेशन कार्यक्रमलाई अनुगमन र निरीक्षण प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले , कर्ब्स कार्यक्रमको अनुगमन र निरीक्षण जिल्ला बचत तथा ऋण सहकारी संघले र एक्स्सेस कार्यक्रमको अनुगमन र निरीक्षण नेफस्कून गर्ने तर ती सबै कार्यक्रमको लेखा परीक्षण भने नेफ्स्कूनले गर्ने ।

३.  नेफ्स्कूनले प्रदेश बचत तथा ऋण सहकारी संघ लि.लाई स्टेशनरीको थोक विक्री गर्ने र प्रदेश बचत तथा ऋण सहकारी संघ लि.ले त्यसलाई जिल्ला बचत तथा ऋण सहकारी संघ लि.लाई विक्री गर्ने ।

४.  उच्च स्तरीय  तालिम/शिक्षा कार्यक्रम नेफ्स्कूनले गर्ने , मध्यम स्तरीय तालिम /शिक्षा कार्यक्रम प्रदेश बचत तथा ऋण सहकारी संघले गर्ने र निम्न स्तरीय तालिम/शिक्षा कार्यक्रम जिल्ला बचत तथा ऋण सहकारी संघले गर्ने ।

एकद्वारबाट बैंकिङ कारोवार , नियमित शिक्षा/तालिम र सुशासन सम्बन्धी कार्य गर्ने बारेमा नेफ्स्कून र राष्ट्रिय सहकारी बैंक लि.को संयुक्त कार्यदल बनेको छ । त्यो कार्यदलले दिने प्रतिवेदन अनुरुप सहकारी संघ/संस्था सञ्चालन गर्नु राम्रो हुन्छ ।

लुम्विनी प्रदेश , भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयबाट सहकारी ऐन , नियमावली र  कार्यविधि तथा सहकारी दर्ता र नियमन कार्यविधि स्वीकृत भइसकेको छ ‌‌ सोही कार्यक्रम अन्तर्गत काम गर्ने क्रममा विषयगत सहकारी संघलाई अनुगमन गर्ने , बजेट छुट्याउने र त्यसपछि एकैसाथ अनुगमन गर्दा प्रभावकारी भएन । प्रदेश मन्त्रालयले आफू अन्तर्गत सहकारी अनुगमनको जिम्मा प्रदेश सहकारी संघहरुलाई दिनुपर्छ ।

सबै प्रकृतिको सहकारी संघ/संस्था सञ्चालनको लागि सहकारी ऐन, २०७४ आयो तर यो ऐनले साकोसहरुलाई राम्रोसँग सञ्चालन गर्न सकेन । त्यसैले साकोसको लागि छुट्टै साकोस ऐन आवश्यक देखिएको छ । सम्बन्धित मन्त्रालयले त्यसको लागि आवश्यक काम गर्नु परो । नेफ्स्कूनले सम्बन्धित मन्त्रालयमा बुझाएको साकोस ऐनको ड्राफ्ट त्यत्तिकै थन्किएर बसेको छ । त्यसको कार्यान्वयन हुनुपर्छ ।

साकोसहरुमा कृषक , श्रमिक , व्यापारी , उद्यमी लगायत सबैको आकर्षण छ । साकोसहरुको संख्या पनि १४,५०० हाराहारीमा छ । उनीहरुले ऋणपान गरेर साकोसमा जम्मा गरेको पैसा सुरक्षित गर्न पनि छुट्टै ऐन आउनु आवश्यक छ ‌।

ऐन /नियमावली प्रभावकारी रुपमा कार्यान्वयन नहुँदा आर्थिक अपचलनजन्य छिटफुट घटनाहरु घटेका छन् । लुम्विनी प्रदेश भित्रका ३ वटा सहकारी संस्थामा यस्ता मुद्दा चलेका छन् । यस्ता घटना दोहोरिन नदिन र सहकारीमा सुशासन कायम गर्न सहकारी ऐन र नियमावली प्रभावकारी ढंगबाट कार्यान्वयन हुनुपरो ।

सहकारी ऐन,२०७४ मा उल्लेख भएका कर्जा सूचना केन्द्र , कालो सूचीको व्यवस्था , कर्जा असुली न्यायाधीकरण र स्थिरीकरण कोषको सञ्चालन प्रभावकारी रुपबाट हुनुपर्दछ ।

 

 

 

Leave a Reply