नेफ्स्कून ३४औं वर्षमा प्रवेश

0 Shares

बचत तथा ऋण सहकारी संघ/संस्थाहरुको छाता संगठन नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ लि. आजबाट ३४औं वर्षमा प्रवेश गरेको छ । वि.सं.२०४५ सालमा स्थापना भएको नेफ्स्कून यसबेलासम्म आईपुग्दा सबैभन्दा बलियो विषयगत केन्द्रीय सहकारी संघ बनेको छ । केन्द्रीय कार्यालय सहित ३३ वटा सदस्य सेवाकेन्द्रबाट सेवा प्रवाह गरिरहेको नेफ्स्कूनले नीति ,विधि र प्रविधि मार्फत सहकारीमा सुशासन कायम गर्ने उद्देश्यले एक्स्सेस कार्यक्रम , प्रोवेशन कार्यक्रम र कर्ब्स कार्यक्रम तथा स्तरीकरण कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

नेफ्स्कून ३४औं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा सो संघका अध्यक्ष परितोष पौड्यालले साकोस अभियानमा सम्लग्न सबैमा शुभकामना व्यक्त गर्नु भएको छ । उहाँले सहकारीमा डिजिटल प्रविधिको प्रयोगलाई जोड दिदै छुट्टै साकोस ऐन निर्माण गर्नु पर्ने आवश्यकता औंल्याउनु भएको छ ।

Leave a Reply