घिमिरे , सापकोटा र तामाङ बागमती प्रदेश सहकारी विकास बोर्डको सदस्य नियुक्त
बागमती प्रदेश , भूमि व्यवस्था ,कृषि तथा सहकारी मन्त्रालयले २ बर्षको लागि बागमती प्रदेश , सहकारी विकास बोर्डको सदस्य पदमा बागमती प्रदेश सहकारी संघ लि.का अध्यक्ष रामशरण शर्मा घिमिरे , बागमती प्रदेश बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष उद्धव सापकोटा र जिल्ला सहकारी संघ लि., काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङलाई नियुक्त गरेको जानकारी प्राप्त भएको छ । घिमिरे सो बोर्डको पदेन सदस्य हुनुहुन्छ भने सापकोटा बागमती प्रदेशका विषय संघहरुमध्येबाट र तामाङ बागमती प्रदेश अन्तर्गतका जिल्ला सहकारी संघहरुका अध्यक्षहरु मध्येबाट नियुक्त हुनु भएको जनाइएको छ । उक्त बोर्डको उपाध्यक्षमा जिल्ला सहकारी संघ लि., मकवानपुरका अध्यक्ष नारायण देवकोटा यस अगाडि नै नियुक्त हुनु भएको थियो । त्यस बोर्डको सदस्य सचिव र ७ जना सदस्य पद रिक्त छ । त्यस बोर्डको अध्यक्ष भने बागमती प्रदेश , भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री हुने व्यवस्था छ ।
्््््््््््््््््््््््््््््््
