रक्तदान कार्यक्रम आयोजना गरी मनायो कुम्भेश्वर महिला साकोसले आफ्नो१२औं स्थापना दिवस

ललितपुरको कुम्भेश्वरमा रहेको कुम्भेश्वर महिला बचत तथा ऋण सहकारी संस्था लि.ले रक्तदान कार्यक्रम आयोजना गरी आफ्नो ११औं स्थापना दिवस मनाएको छ । स्वास्थ्य मापदण्ड पालना गरी सम्पन्न त्यस रक्तदान कार्यक्रममा ३० जना भन्दा बढीको सहभागिता रहेको जनाइएको छ । अस्पतालहरुमा कोभिड-१९ बाट संक्रमित विरामीहरुको संख्या बृद्धि भएको देखिएकोले रगत अभाव भएर विरामीहरुको उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरेको सोही संस्थाकी कोषाध्यक्ष शान्तालक्ष्मी खड्गीको भनाई छ । स्थानीय समुदायमा आधारित सो संस्थाले समय समयमा स्वास्थ्य शिविर , रक्तदान जस्ता सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । वडा कार्यालयसँगको सहकार्यमा आफ्ना इच्छुक शेयर सदस्यहरु रहेको कौशी खेती तथा मास्क र स्यानिटाइजर बनाउने तालिम दिएको थियो भने निम्न आय भएका आफ्ना शेयर सदस्य रहेका ५० परिवारलाई खाद्यान्न सहयोग गरेको बताइएको छ थिक्षो ।
२०७८ असार मसान्तसम्म सो संस्थाको शेयर सदस्य संख्या ६७०, शेयर पूँजी रु.८५ लाख , निक्षेप संकलन रु.१२ करोड र कूल कारोवार १८ करोड रहेको छ । उक्त संस्थाका धेरै शेयर सदस्यहरुले तरकारी , मासु , फलफुल, खाद्यान्न र ह्याण्डिक्राफ्टको ब्यापार व्यवसाय रहेको देखिएको छ ।
