आफन्त साकोसको सदस्य सेवाकेन्द्र खैरेनी र धकधई मा सञ्चालन शुरु , ६ नं.चोकमा तेस्रो सेवाकेन्द्र सञ्चालनको तयारी हुदै

0 Shares

रुपन्देहीको देवदह नगरपालिका-११ , शंकरपुरमा आफ्नै भवनमा प्रधान कार्यालय रहेको आफन्त बचत तथा ऋण सहकारी संस्था लि.ले सोही नगरपालिका-६,, खैरेनी र रोहिणी गाउँपालिका-३, धकधईमा सदस्य सेवाकेन्द्र सञ्चालनमा ल्याएको छ ।

यही साउन ३० गते सो संस्थाको दोस्रो सदस्य सेवाकेन्द्र देवदह नगरपालिका-६, खैरेनीमा देवदह नगरपालिकाकी उप-मेयर विद्यालक्ष्मी गुरुङले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभयो । सो अवसरमा उप-मेयर गुरुङले सहकारीले उत्पादन बृद्धि गर्ने गरी लगानी गर्नु पर्ने खाँचो औंल्याउनुभएको थियो ‌।

आयोजक आफन्त बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष शंकर पाण्डेको अध्यक्षता सम्पन्न कार्यक्रममा सहकारी अभियान्ता प्रकाश अर्याल , कोलिय बचत तथा ऋण सहकारी संस्था लि.का अध्यक्ष सुशान्त न्यौपाने र देवदह उद्योग वाणिज्य संघका अध्यक्ष गोपाल ढकाल लगायतले सो संस्थाले स्थापना भएको छोटो समयमा राम्रो प्रगति गरेको भनी प्रशंसा गर्दै थप प्रगतिको कामना गर्नुभएको थियो । कार्यक्रममा सोही संस्थाका उपाध्यक्ष कुलप्रसाद पाण्डेले स्वागत मन्तव्य र सचिव गणेश सापकोटाको सञ्चालन गर्नु भएको थियो । कार्यक्रमका बक्ताहरुले सहकारीको माध्यमबाट उत्पादन बृद्धि सम्भव रहेको बताउनु भएको थियो ।

यस अघि यही साउन २८ गते रोहिणी गाउँपालिकाका अध्यक्ष सनोजकुमार यादबले धकधईमा सो संस्थाको प्रथम सदस्य सेवाकेन्द्रको उद्घाटन गर्नु भएको थियो ।  सोही संस्थाका अध्यक्ष शंकर पाण्डेको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा त्यसै गाउँपालिकाकी उपाध्यक्ष शिवकान्ती हरिजन लगायतको उपस्थिति रहेको थियो ।

यस्तै देवदह नगरपालिका-२, छ नं.चोकमा उक्त संस्थाको तेस्रो सदस्य सेवाकेन्द्र सञ्चालनको स्वीकृति लुम्विनी प्रदेश सहकारी महाशाखाबाट भएकोले त्यस स्थानमा चाडै नै तेस्रो सेवाकेन्द्र सञ्चालन गर्ने गरी कार्य भइरहेको सोही संस्थाका व्यवस्थापक विजयबहादुर क्षेत्रीले सहकारी सञ्जाललाई बताउनुभयो । उहाँले ‘हाम्रो यस संस्थामा तरलता समस्या छैन र खराब कर्जाको पनि खासै समस्या छैन’ भन्नुभयो । ‘यस संस्थामा शेयर सदस्य संख्या २ हजार ४ सय ६१ , शेयर पूँजी रु.१ करोड ९१ लाख ३९ हजार , निक्षेप रु.११ करोड २८ लाख ९१ हजार , कर्जा लगानी रु.१३ करोड ७३ लाख र कूल कारोवार रु.१६ करोड ७० लाख रहेको छ’, उहाँको भनाई छ ।

 

Leave a Reply