पल्लवी साकोस, देवदहद्वारा रक्तदान कार्यक्रम आयोजना सहित ६ नं. चोकमा सदस्य सेवाकेन्द्र सञ्चालन आरम्भ

रुपन्देहीको देवदहमा रहेको पल्लवी बचत तथा ऋण सहकारी संस्था लि.को सदस्य सेवाकेन्द्र छ नम्बर चोकमा सञ्चालनमा आएको जानकारी प्राप्त भएको छ । यही साउन ३० गते शनिवार सोही संस्थाका अध्यक्ष दिवाकर अधिकारीको अध्यक्षता र लुम्विनी सहकारी विकास बोर्डका सदस्य तथा जिल्ला सहकारी संघ लि., रुपन्देहीका सचिव टीका न्यौपानेको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमका बीच सो सेवाकेन्द्रको उद्घाटन गरिएको थियो । कार्यक्रममा लक्ष्मीकान्त पाण्डे , बोदराज गौडेल , गोपाल ढकाल , तिलोचन दाहाल , खुम भण्डारी ,दीपक न्यौपाने ,गोविन्द घर्ती ,केशब पराजुली लागायतको उपस्थिति रहेको थियो । उक्त संस्थाका सचिव मिना श्रेष्ठले सञ्चालन र सञ्चालक पूर्णप्रसाद पौडेलले संयोजन गर्नु भएको थियो ।
उक्त अवसरमा रक्तदान कार्यक्रम पनि सम्पन्न भएको थियो । रक्त सञ्चार केन्द्र , बुटवलको प्राविधिक सहयोगमा सम्पन्न त्यस कार्यक्रममा १०१ जना रक्तदाताहरुले रक्तदान गर्नु भएको थियो । त्यसै अवसरमा समाजसेवी दीर्घायु नेपालले एम्बुलेन्स उपलब्ध गराउनु भएको थियो ।