बागमती प्रदेश बचत संघको सिइओमा केशवप्रसाद दाहाल नियुक्त १ बर्षमै गर्यो संघले उल्लेखनीय कार्य

0 Shares

बागमती प्रदेश भित्रका सहकारी संस्थाहरुको प्रबद्र्धन गर्ने उद्देश्यले काभ्रेको बनेपा बजारमा मुख्य कार्यालय स्थपना गरी वित्तीय कारोबार गर्दै आईरहेको प्रदेश बचत तथा ऋण सहकारी संघ (प्रोस्कून) ले केशव प्रसाद दाहाललाई उक्त संघको ( सिईओ ) प्रमुख कार्यकारी अधिकृत पदमा संचालक समितिको निर्णय अनुसार ४ बर्षे कार्यकालको लागि नियुक्त गरेको छ ।
सो संघको सिईओ नियुक्त भएका दाहालको दुई दशक भन्दा बढि सहकारी क्षेत्रमा कार्य अनुभव रहेको छ । संघको वित्तीय कारोबार र सदस्य संस्थालाई थप टेवा पु¥याउने उद्देश्य अनुरुप दाहाललाई नियुक्त गरिएको बुझिएको छ ।
२०७७ साउन १३ गते बागमती प्रदेश कार्याय हेटौडमा दर्ता भएको संघले २०७८ असार मसान्त सम्म आईपुग्दा ३४ करोड ८७ लाख कर्जा लगानी, १ अर्ब १८ करोड बचत संकलन र ३२ लाख ८१ हजार नाफा कमाउन सफल भएको उल्लेख गरिएको छ ।

Leave a Reply