पोखरा रोयल सहकारीको क्यू आर कोड सेवाबाट सदस्यहरु आकर्षित

0 Shares

कास्कीको पोखरा १० उत्तम चोकमा अवस्थित रहेर आफ्नै भवनबाट सदस्यहरुलाई सेवा दिँदै आईरहेको रहेको पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेडले व्यपार व्यवसायमा आबद्ध रहेका सदस्यहरुलाई थप प्राथमिकता दिनको लागि क्यू आर कोड प्रविधि सेवा हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । उक्त सेवा मार्फत व्यवासाय संचालन गर्ने व्यवसायी सदस्यहरुलाई थप टेवा पुग्ने समेत देखिएको छ । यो सेवा बाट सदस्यहरु आकर्षित देखिएका छन् ।

त्यसैगरी संस्थाले शुरु गरेको सो क्यू आर कोड सेवाले सदस्यहरुले आफ्नो मोबाईलबाटै क्यू आर कोड स्क्यान गरी उपभोग्य सामान खरिद बिक्रीको सबै विवरण प्रविविधको माध्यमबाट थाहा पाउने छन् । सदस्यहरुलाई सो क्यू आर कोड सेवा हाम्रो यस पोखरा रोयल बचत तथा ऋण सहकारी संस्थाले उपलब्ध गराई थप सेवा प्रदान गर्न सफल भएको संस्थाका प्रमुख कार्यकारी अधिकृत भीमबहादुर गुरुङको भनाई छ ।

संस्थाले शुरु गरेको सो सेवाबाट सदस्यहरुले आफ्ना ग्राहकहरुसँग आफ्नो व्यवसायको कुनैपनि सामानको नगद कारोबार गर्दा रकमको सुरक्षा र समयको बचत हुने देखिएको संस्थाका सुचना अधिकारी मिलन ढकालले जानकारी गराएका छन् ।
देशकै नमुना सहकारी संस्थाको रुपमा स्थापित हुँदै आईरहेको सो संस्थाले विभिन्न सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरु संचालन गरी सदस्यहरुलाई आर्थिक सम्बृद्धि र प्रविधिमैत्री बनाउँदै आईरहेको छ ।

Leave a Reply