स्यूचाटार साकोसको आयोजनामा कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न

0 Shares

काठमाडौंको स्यूचाटारमा आफ्नै भवनबाट सञ्चालन भइरहेको स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा यही भदौ ३ गते बागमती क्लष्टर तेस्रो अन्तर्गत पाँचौ कार्यकुशलता तथा सिकाई व्यवस्थापन कार्यशाला सम्पन्न भएको छ । उक्त कार्यक्रममा उपत्यकाभित्रका १० वटा मध्ये ८ वटा साकोसहरुको सहभागिता रहेको थियो । कार्यशालाको उद्घाटन गर्दै नेफ्स्कूनका अध्यक्ष पारितोष पौड्यालले ‘१० वटा क्लष्टर मध्ये २ वटाको अनुपस्थिति रह्यो तर पनि यो कार्यशाला गोष्ठि साकोसको लागि महत्वपूर्ण रहेको छ । यसमा ठूला साकोस पनि आवद्ध भएका छन् । प्रोवेशन कार्यक्रमले साकोसमा हुने ठूलो घटना हुन दिंदैन । संस्था सञ्चालनको नीति , विधि र प्रविधि नै प्रोवेशन हो । साकोसको लागि स्थिरीकरण र स्तरीयकरणमा आवद्ध हुन जरुरी छ’, भन्नुभयो । यस्तै नेफ्स्कूनका लेखा सुपरीवेक्षण समितिका संयोजक  नवराज सापकोटाले प्रोवेशन कार्यक्रमले २०६९ सालदेखि साकोसलाई सुशासन कायम गर्न मद्दत पु-याएको भन्दै  देशभरका करिव १४,००० साकोसलाई यसमा आवद्ध गर्नुपर्ने खाँचो औंल्याउदै साकोसहरुको अनुगमन अझै  बृहत्तर बनाउदै लैजाने बताउनुभएको थियो । त्यसैगरी कार्यशालाका सहजकर्ता सन्दिपराज ढकालले भौतिक रुपमा हुन लागेको कार्यशालामा ५० वटा सूचाङ्क प्रस्तुत गरी आगामी दिनमा क्लष्टर अन्तर्गतका साकोसको सुदृढ गरिने विचार व्यक्त गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता गर्दै स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. का अध्यक्षता गर्दै साधुराम गौतमले साकोसको लागि नेफ्स्कूनको भूमिका अपरिहार्य बताउदै हामीले ४२ जना सदस्यहरुबाट रु.२५,०००/- का दरले पूँजी संकलन गरी स्थापना गरेको हाम्रो यो संस्था अहिलेको अवस्थासम्म आएको स्मरण गर्नुभयो । उहाँले ‘हाम्रो संस्थाको स्प्रिड दर ३.५ प्रतिशतमा छ र हामीले तरलता अधिक भएमा सफ्ट कर्जा पनि दिने गरेका छौं’, भन्नुभयो । कार्यशालामा सहभागीहरुलाई धन्यवाद ज्ञापन गर्दै उहाँले केही महिनापछि यस संस्थाको २/३ वटा सेवाकेन्द्र खोल्ने योजना रहेको छ भन्दै यसले माववीय, सामाजिक, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रमा सहयोग प्रदान गर्दै आएको बताउनुभयो । स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि. का सचिव  कृष्णहरि खत्रीले सञ्चालन गर्नु भएको कार्यशालामा स्वागत मन्तव्य व्यक्त गर्दै सोही संस्थाका नि:बर्तमान अध्यक्ष वीरेन्द्रवहादुर थपलियाले सो कार्यशाला गोष्ठीमा सहभागीहरुलाई स्वागत गर्दै त्यस कार्यशाला गौष्ठिको सफलताको कामना गर्नुभयो । उहाँले स्यूचाटार बचत तथा ऋण सहकारी संस्था लि.ले आफ्नो जग्गा खरीद गरी भवन निर्माण गरेसँगै यस संस्थाले थप विश्वास आर्जन गर्न मद्दत पुगेको बताउनुभयो ।

कार्यशाला गोष्ठिको उद्घाटन-सत्रमा ४० जना सदस्यहरुको सहभागिता रहेको स्यूचारटार बचत तथा ऋण सहकारी संस्था लि.का प्रमुख कार्यकारी अधिकृत रामेश्वर के.सी.को भनाई छ ।

उक्त कार्यशालामा आ-आफ्नो साकोसको आर्थिक लगायत अन्य विषय सन्दर्भमा अमरज्योति साकोस , ब्राइट साकोस , कोटदेवी साकोस , चमेली कल्याणकारी साकोस , गुडविल साकोस , म्हैपी साकोस , ग्रिनभ्याली साकोस  तथा आयोजक स्यूचाटार साकोसका प्रतिनिधिहरुले प्रस्तुत गर्नु भएको थियो ।

प्रत्येक तीन/तीन महिनामा आयोजना हुने कार्यशालामा सहभागी साकोसले आ–आफ्नो संस्थाको आर्थिक गतिविधि प्रस्तुत गर्ने, आइपरेका समस्याहरु सम्बन्ध र सुधार गर्नुपर्ने विषयमा छलफल गरी निकासको खोजी गरिने यस्ता कार्यक्रम सहकारीलाई स्तरोेन्नतिको लागि निकै लाभदायक हुने गरेको सहभागीहरुले महशुस गर्ने गरेका छन् ।

Leave a Reply