सहकारी संस्थाहरुको प्रबद्धन गर्ने कार्यमा- को अपरेटिभ म्यानेजर्स क्लब पर्सा

पर्सा जिल्लाभरमा संचालित रहेका विभिन्न प्रकृतिका सहकारी व्यवस्थापकहरुको छाता संगठन को अपरेटिभ म्यानेजर्स क्लब पर्सा विरगंजको घण्टाघर नजिक रहेको कान्तिपुर बचत तथा ऋण सहकारी संस्थाका व्यवस्थापक जिस्नु बरालको अध्यक्षतामा जिल्ला प्रशासन कार्यालय पर्सामा २०७६ मंसिर १८ गते दर्ता भएको थियो । पर्सा जिल्लामा संचालनमा रहेका सहकारी संस्थाहरुको वित्तिय अवस्थालाई थप मजबुद बनाउँदै लैजाने र संस्थामा आवद्ध
रहेका सदस्यहरुको वित्तीय सेवा मार्फत उनिहरुको जिवन स्तरमा परिवर्तन र मजबुद बनाई उनिहरुलाई रोजगारमूलक बनाउने उद्देश्यका साथ स्थापना भएको उक्त को– अपरेटिभ –म्यानेजर्स क्लब पर्साले छोटो समयमा नै सहकारी संस्थाहरुको आर्थिक सामाजिक तथा सांस्कृतिक क्षेत्रमा ठूलो योगदान पुग्ने गरी उल्लेखनीय कार्य गर्दै आईरहेको सो क्लबका संस्थापक अध्यक्ष बरालले सहकारी संजालका सम्वाददाता ईश्वर ढुंगेललाई उक्त क्लबको कार्यालय विरगंज पर्सामा भेटघाट कार्यक्रमको आयोजना गरी क्बले अहिले सम्म गरेका गतिविधिहरुको सबै जानकारी गराएका छन् ।
सो क्लबले अहिले आएर फेरी २०७८ साल श्रावण ११ गते सोमबारका दिन प्रमुख अतिथि राष्ट्रिय सहकारी विकास बोर्डका सन्चालक सदस्य शम्भु प्रसाद गुप्ता द्वारा संस्थाको नवनिर्मित कार्यलय उद्घाटन गरी श्रीनिधि बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक चन्देश्वर प्रसाद चौरसियाको अध्यक्षतामा तदर्थ समिति गठन गरेको छ । यो क्लबमा हालसम्म २५ जना सदस्यहरु आबद्ध रहेको समेत जानकारी गराईएको छ ।
त्यसैगरी उक्त क्लबको कोषाध्यक्षमा आशीर्वाद बचत तथा ऋण सहकारी संस्था लि. का सन्तोषलाल कर्ण, सचिवमा गोल्डेन फ्युचर बचत तथा ऋण सहकारी संस्था लि.दीपक चौधरी, महासचिवमा गृहलक्ष्मी बचत तथा ऋण सहकारी संस्था लि. रविभुषण श्रीवास्तव, सदस्यहरुमा प्रतिक बचत तथा ऋण सहकारी संस्था लि.का इन्दु रंजितकार, गणपति बचत तथा ऋण सहकारी संस्था लि.का दिपेन्द्र श्रेष्ठ, रास्ट्रिय सहकारी संस्था लि.का प्रसन्न सिंह रहेका छन् ।
सहकारी अभियानका विषयहरुमा बहस पैरवी गर्ने कार्यका लागि विषयविज्ञको रुपमा सहकारी अभियानका नेतृत्वहरुलाई सघाउ पुर्याउने विभिन्न कार्यशाला तालिम गोष्ठी तथा छलफल कार्यक्रमहरु सन्चालन गर्ने सहकारी संस्थामा एकरुपता कायम गर्ने सहकारीका ब्यवस्थापक एंव कर्मचारीहरुको क्षमता अभिवृद्धि गर्ने कार्य लगायतको उद्देश्य उक्त क्लबको रहेको सहकारी सञ्जाललाई जानकारी गराईएको छ ।